सुनसरी । कृषि अनुसन्धान निर्देशनालय तरहरा सुनसरीले मोती उत्पादनका लागि सिपी खेतीको सम्भाव्यता अध्ययन सुरु गरेको छ । कृषि प्रणालीको नाफा बढाउन र नयाँ जल कृषि क्षेत्रको विस्तारको लागि मोती उत्पादन गर्ने सिपी पालन नेपालमा पनि सम्भव रहेको पुष्टि भएपछि कोसी प्रदेशमा पनि यसको सम्भाव्यता अध्ययन सुरु गरिएको ।
मत्स्य अनुसन्धान केन्द्र पोखराले गरेको अध्ययनले नेपालमा पनि सिपी खेती गरेर आम्दानी बढाउन सकिने पुष्टि भएपछि यसको बिस्तारको लागि कोसी प्रदेशमा पनि अध्ययन सुरु गरिएको कृषि अनुसन्धान निर्देशनालय तरहराका प्रमुख केशव श्रेष्ठले बताए ।
नेपालमा मोती खेती गर्ने प्रविधिको अभाव भए पनि ७ बर्सअघिदेखि यसको अनुसन्धान भइरहेको मत्स्य अनुसन्धान केन्द्र, पोखराका वरिष्ठ वैज्ञानिक डा. मोहम्मद इकबाल हुसेनले बताए ।
CP kheti
अनुसन्धानका क्रममा सफा जलाशयमा मोती पालनको सम्भाव्यताको लागी मत्स्य अनुसन्धान केन्द्र, पोखराका वरिष्ठ वैज्ञानिक हुसेनकै नेतृत्वले २०१७ देखि पोखराको बेगनास तालमा सिपी खेतीबारे अध्ययन गरेको थियो ।
सिपी एक प्रकारको पानीमा पाइने जीव हो ।
जसले मोती उत्पादन गर्छ । सिपीको खेती सानो खोला खोल्सी र जलाशयमा पनि गर्न सकिने भएकाले माछासँगै पाल्न सकिने वरिष्ठ वैज्ञानिक हुसेनले बताए .
IMG_0894
नेपालको तराईदेखि मध्य पहाडी क्षेत्रसम्मका पोखरी, ताल, खोला, जलाशयमा मोती खेती गर्न सके विदेशबाट गहनाको रूपमा आउने मोती स्वदेशमै उत्पादन गर्न सकिने हुसेनको भनाई छ । विकसित मुलुकमा मोती खेती गर्ने चलन भए पनि नेपालमा थिएन ।
सिपी खोलानाला, पोखरीमा पाइन्छ । यसको बाहिरी फ्याँकेर मासु खान पनि सकिन्छ भने मोती उत्पादनमा पनि प्रयोग गर्न सकिन्छ । हुसेनका अनुसार एक हेक्टर क्षेत्रफलमा २० हजार सिपीको खेती गर्न सकिन्छ ।
पोखरीमा पालिएको सिपिका लागि धानको मसिनो ढुटो र पिना खुलाउन सकिन्छ । पोखरीमा माछा पाल्ने क्रममा हालिएको आहाराले पनि सिपिलाई खानेकुरा उत्पादन हुन्छ ।
सिपी पालन गर्ने पोखरीमा युरिया, कम्पोस्ट मल हालेपछि सिपिका लागि आहारा उत्पादन हुन्छ ।