विराटनगर । सरकारले पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोप लगाउने भएको छ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिवार कल्याण महाशाखाले विराटनगरमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय खोप कार्यक्रम एचपिभि खोप डेमोस्ट्रेसन कार्यक्रम सम्बन्धी अभिमुखीकरण कार्यक्रममा देशभरका २० हजार किशोरीलाई  खोप दिन लागिएको जानकारी दिइएको छ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिवार कल्याण महाशाखाका प्रमुख डा अभियान गौतमले २० हजार डोज खोप लगाउन लागिएको जानकारी दिए । पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणका लागि एचपिभि खोप डेमेस्ट्रेशन कार्यक्रमको रूपमा पहिलो चरणमा पाठेघरको मुखको क्यान्सर रोकथाम गर्ने गरी खोप दिन लागिएको उनले बताए । यही २५ गतेदेखि ३० गतेसम्म देशभरका ७ वटा अस्पताललाई खोप केन्द्र मानेर खोप कार्यक्रम सञ्चालन हुने  गौतमले बताए ।  यो क्रममा १०देखि १४ वर्षका बालिकालाई खोप दिइने छ ।   नेपाललाई प्राप्त भएको खोप मध्ये सबै प्रदेशलाई जनसङ्ख्याको आधारमा धेरै सङ्ख्या भएको ठाउँमा बालिकाको खोप दिइने उल्लेख गरिएको छ  । 
कोशी प्रदेशको खोप केन्द्र कोशी अस्पताललाई तोकिएको छ।  यो खोप दिएर पछि पाठेघरको क्यान्सरबाट ६५ प्रतिशत मृत्यु हुँदै आएकोमा त्यसलाई बचाउन सकिने प्रदेश स्वास्थ्य निर्देशनालयका खोप अधिकृत भरत भण्डारीले बताए ।  खोप लगाउनकोलागि बि.स.२०६५ भदौ ३० देखि २०६६ भदौ ३० गतेको बिचमा जन्म भएका १४ वर्ष पूरा भएको किशोरीहरूलाई मध्यनजर राखिएको उनले बताए ।   कोशी अस्पतालको खोप केन्द्रमा भदौ २८ गतेदेखि ३० गतेसम्म खोप लगाइने भण्डारीले बताए । यो खोप दुई डोज लगाउनु पर्ने भनिएको छ। पहिलो र दोस्रोको खोप ग्याप ६ महिनाको बिचमा अर्को खोप लगाउनु पर्ने उनले बताए ।  कोशी प्रदेशमा २०२६ जना किशोरीले खोप पाउनेछन् ।  koshi 1
कोशोरीहरुलाई १० देखि १४ वर्ष उमेर समूहमा लगाइएको खोपले ३० वर्ष पछि हुने क्यान्सरलाई रोक्ने जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख सुरेश मेहताले जानकारी दिए । समयको बदलावसँगै खोपले बिस्तारै काम गरेर जाने भएकोले उमेर ३० वर्षलाई लक्षित गरी पाठेघरको मुखको क्यान्सरको खोप १४ वर्ष उमेरलाई खोप लगाउन लागिएको बताए । कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादव, जिल्ला समन्वय समितिका प्रमुख अजम्बर राई, उपप्रमुख उषा झा लगायतले खोप कार्यक्रमलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।