सुनसरी । धरानमा डेंगीको कारण आज सोमबार थप एक जनाको मृत्यु भएको छ ।
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरान १५ का ८४ वर्षका पुरुषको आज दिउसो मृत्यु भएको हो ।
उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।
उनलाई तीन दिनअघि अस्पताल ल्याइएको थियो । यो सहित धरानमा मात्रै यस वर्ष डेंगी रोगको प्रकोप सुरु भएयता मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।
यसअघि धरान वडा ११ जनामा ४ जनाको मृत्यु भएको थियो । त्यसैगरी धरान १५ मा २ जना र वडा नम्बर २, ५, १०, १६, १७ र १८ मा एक-एक जनाको मृत्यु भएको मेहेताले जानकारी दिए ।
धरानमा हालसम्म १२ हजार ७ सय ८१ जनामा डेंगी सङ्क्रमण पुष्टि भैसकेको उपमहानगरले जनाएको छ ।