इटहरी । पछिल्लो समय इटहरीमा पनि डेँगुको सङ्क्रमण बढेसँगै वेदान्त हस्पिटलले १ सय रुपैयाँ मै फिजिसियन सेवा दिन सुरु गरेको छ । 
डेँगु सङ्क्रमणका बिरामीको सेवालाई थप सहज बनाउन १ सय रुपैयाँमै फिजिसियन सेवा दिन थालेको हस्पिटलका प्रबन्ध निर्देशक इन्द्र श्रेष्ठले जानकारी दिए । 
 बिरामीको चापलाई मध्यनजर गर्दै हस्पिटलको सेवालाई पनि २४ सै घण्टा सञ्चालन गरी फिजिसियन सेवा दिन थालेको उनले जानकारी दिए । 
अब २४ सै घण्टा डेँगु सङ्क्रमण लागेका बिरामीलाई उपचार सेवा दिने हस्पिटलले जनाएको छ । 
नियमित रूपमा सञ्चालन भइरहेका अन्य सेवाहरू डिजिटल एक्स-रे, भिडियो एक्स-रे, फार्मेसी, ल्याब, हाड जोर्नी तथा नशा रोग विशेषज्ञबाट C–Arm machine को प्रविधिबाट भाँचिएको हड्डीलाई सिधा गरेर, के–वार वा प्लेटिङ्ग गरी अपरेसन सेवा पनि  सञ्चालनमा रहेको प्रबन्ध निर्देशक श्रेष्ठले जानकारी दिए ।