विराटनगर । पेशागत कार्यहरुलाई प्रभावकारी सञ्चालन गर्न नेपाल फर्मास्युटिकल एसोसियसनले आफ्नो प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ । 

फर्मास्युटिकल एसोसियसनको कोशी प्रदेश कार्यलयको अध्यक्ष शम्भु साहले उद्घाटन गरेका छन् । 

कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिका वडा न. ३ स्थित औषधी व्यवस्था विभागको कार्यालय छेउमा नयाँ कार्यालय स्थापना गरिएको हो । 

कार्यालय उद्घाटन गर्र्दै संस्थाका अध्यक्ष शम्भु साहले फार्मेसी पेशासँग सम्बन्धित स्वदेशी  तथा विदेशी संघसंस्थासंग समन्वय गरि प्रदेशमा कार्यरत फार्मेसी जनशक्तिका लागि समय सापेक्ष क्षमता अभिवृद्धि तालिम, गोष्ठी, सेमिनार सञ्चालन गरिने जानकारी दिए । 

योसँगै प्रदेशमा क्रियाशिल अन्य स्वास्थ्यसँग सम्बन्धित संस्थाहरुसँग समन्वय तथा सहकार्य गर्ने ,पेशाको पहिचान, विकास तथा सम्मानका लागि अभियानमा लाग्ने अध्यक्ष साहले बताए । 

नेपाल फार्मेसी परिषदको लाइसेन्स परिक्षा तथा नविकरण प्रदेशबाट गर्ने गराउने व्यवस्था मिलाउन पहल गर्ने ,फार्मेसी दर्ता , अनलाईन लागि सहयोग गर्ने ,गुनासो दर्ता,यस पेशासँग सम्बन्धी जानकारी पनि उपलब्ध गराउने  सस्थाका सचीव दिपेन्द्र खड्काले जानकारी दिए ।farma