धरान । धरानमा डेँगु सङ्क्रमण जटिल बनेसँगै जनजीवन कष्टकर बन्न थालेको भन्दै नेपाली काँग्रेस प्रदेश समितिले नेपाली काँग्रेस नगर समितिलाई औषधी वितरण गरेको छ । 
नेपाली काँग्रेस कोसी प्रदेशका महामन्त्री उमेश थापाले नेपाली काँग्रेस नगर समितिलाई सिटामोल र जीवन जल हस्तान्तरण गरेका हुन  ।
डेँगु सङ्क्रमण बढ्दै जाँदा धरानमा समयमा औषधी उपचार नपाएर बालबालिका समेत मृत्युको मुखमा पुगेको भन्दै सिटामोल १३ हजार ट्याब्लेट र जीवन जल १ हजार प्याकेट हस्तान्तरण गरिएको हो । 
प्राप्त भएका सिटामोल तथा जीवन जल डेँगु सङ्क्रमितहरूलाई निःशुल्क वितरण गरिने नेपाली काँग्रेस धरान नगर सभापति श्याम पोख्रेलले जानकारी दिए । 
धरानको स्थिति जटिल देखिएपछि आपत्कालीन अवस्थामा वितरण गर्न प्रदेश समितिले उपलब्ध गराएको नेपाली काँग्रेस कोसी प्रदेश महामन्त्री उमेश थापाले जानकारी दिए । 
काँग्रेस सुनसरी–१ क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, नगर सभापति पोख्रेल लगायत अन्य  पदाधिकारीहरूले बुझिलिएकाछन । प्राप्त औषधी आधिकारिक निकायसँगको समन्वयमा वितरण गरिने क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए ।।