सुनसरी । बेलैमा उपचार नपाएपछि धरानमा डेंगीका कारण ९ वर्षीय बालकको मृत्यु भएको छ ।
धरान-१६ का उनलाई उपचारका लागि विराटनगरस्थित बिग हस्पिटल पुर्‍याइएको थियो ।
बालकलाई हस्पिटलले सोमबार दिउसो २ बजे नै मृत्यु भएको घोषणा गरेको थियो । २ दिन अघि ज्वरो आएको बालकलाई ज्वरो तीव्र रूपले बढेपछि धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो । बिपीमा सघन उपचारको लागि आइसियु कक्ष खाली नभएको बताइएपछि विराटनगर स्थित बिग हस्पिटल रिफर गरेको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए ।
बालकको आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा ढिलाइ भएको धरान-१६ का वडा अध्यक्ष मुरारी भट्टराईले बताए । यसअघि केही दिन अगाडी धरान-११ का १० बर्षिया बालिकाको मृत्यु भएको थियो ।
धरानमा हाल सम्म ११ हजार ३ सय ७३ जना सङ्क्रमित पाइएका छन् भने ११ जनाको मृत्यु भैसकेको छ ।
तीनै तहको सरकारबिच प्रभावकारी समन्वय नभएकै कारण महामारी नियन्त्रण हुन सकेको छैन ।