धरान । नेपाल  प्रहरी  श्रीमती सङ्घले धरानमा डेँगु प्रभावितहरूलाई झुल र लामखुट्टेबाट बच्ने अन्य सामाग्री  समेत वितरण  गरेको छ । 
मङ्गलवार नेपाल  प्रहरी  श्रीमती सङ्घ कोसी  प्रदेशले धरान वडा नम्बर –१७ को वडा कार्यालयमा डेँगु प्रभावित  एवं सुकुम्वासी बस्तीमा बसोबास  गर्ने अति सिमान्तकुत समुदायलाई सामाग्री वितरण गरेको हो । 
 १७०  घर परिवारलाई झुल सँगै लामखुट्टेबाट बच्ने मच्छर धूप र ओडोमस मलम समेत वितरण थियो  ।
वडाको हरेक टोल विकास संस्थाले सीमान्तकृत समुदायको नामावली पठाएको आधारमा एक घर एक झुल वितरण गरिएको १७ नम्बर वडाका सचिव शिशिर श्रेष्ठले जानकारी दिए । 
धरान १७ नम्बर वडाका सुकुम्वासी बस्तीमा धेरै डेँगु सङ्क्रमित रहेको कारण सामाग्री वितरण गरिएको नेपाल प्रहरी श्रीमती सङ्घ कोसी प्रदेशकी सचिव सृजना नेपाल दाहालले बताइन । अन्य वडाका सङ्क्रमित तथा प्रभावितहरूलाई पनि सामाग्री वितरण गर्ने तयारी रहेको उनले जानकारी दिइन । 
प्रदेश कार्यालय प्रहरी  प्रमुख डिआइजी  राजेशनाथ बास्तोलाको प्रमुख  आतिथ्यमा भएको कार्यक्रम १७ नम्बर वडाका अध्यक्ष लक्ष्मण राईको अध्यक्षतामा भएको थियो ।