सुनसरी । डेंगीको महामारी फैलिएको सुनसरीको धरानमा थप एक जनाको मृत्यु भएको छ ।

यो सँगै धरानमा डेंगीबाट मृत्यु हुनेको संख्या ९ जना पुगेकोे छ ।

धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरान १३ की ३५ बर्षीय महिलाको उपचारको क्रममा बिराटनगरस्थित विराट नर्सिङ होममा मृत्यु भएको हो ।

चार हजारभन्दा बढी डेंगी संक्रमित रहेको धरानमा परीक्षण गर्नेमध्ये ७८ प्रतिशत भन्दा बढीमा डेंगी संक्रमण पुष्टि हुने गरेको छ ।

धरानका २० वटै वडामा घरघरै डेंगीका बिरामी छन् । संक्रमित बढ्दै गएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बिरामीको चाप थेग्न गाह्रो भएको छ । निजि क्लिनिकमा पनि बिरामीको निकै चाप छ ।

बिरामीको चाप बढेपछी अधिकांश वडा कार्यालयले पनि आफ्नै पहलमा स्वास्थ्य शिविर संचालनमा ल्याएका छन् ।