इटहरी ।   धरानका खानेपानी मा दिसामा पाइने विषाणु कोलीर्फम पाइएको छ ।  खानेपानी बोर्ड मार्फत धरानमा वितरण भइरहेको पानीको मुहान र ट्याङ्कीको पानी परीक्षण गर्दा कोलीर्फम पाइएको हो । 
धरानको हाल वितरण भइरहेको खानेपानीमा कोलीर्फम भेटिएको प्रतिवेदन इटहरी स्थित नेपाल सरकार खानेपानी मन्त्रालय,पानीको गुणस्तर परीक्षण प्रयोगशालाले दिएको हो ।  कोलिफर्म शून्य युनिट रहेको पानी मात्र खानयोग्य हुने प्रयोगशालाले जनाएको छ ।
धरानमा देखिएको पानीको अभाव कम गर्न अहिले धरानका मेयर हर्क साम्पाङ पानीको मुहान सुधार र श्रोत व्यवस्थापनमा लागेका छन् । श्रोत व्यवस्थापन र पानीको मुहान सुधारमा लागे पनि खानेपानीको मुहानको पानी सुद्ध करणमा ध्यान नदिदँ सर्वसाधारणको घर घरमा कोली फर्म पुग्न थालेको देखिएको छ ।  
सर्दु, लर्दु सहित पछिल्लो समय ल्याएका खोला–खोल्सा सहित ६ वटा मुहानको पानी शुद्धीकरण नगरी पिउन नहुने कोलिफर्म युक्त प्रदूषित पाइएको हो ।
सबैभन्दा बढी भालु खोलाबाट ल्याई विजयपुर गौ धारा ट्याङ्कीमा खसालिएको पानीमा कोली फर्मको मात्रा ३५ युनिट पाइएको छ । फुस्रे स्थित टाङकीको पानीमा कोलिफर्म ३० युनिट पाइएको छ ।
निशाने खोलाको पानीमा कोलिफर्म २० युनिट पाइएको छ । सर्दु खोलाको पानीमा कोलिफर्म १० युनिट पाइएको छ । खर्दुखोलाको पानीको कोलिफर्म १५ युनिट पाइएको छ ।
पछिल्लो समय कोकाहाबाट ल्याएर विष्णु चौकमा झारिएको पानीमा समेत कोलिर्फम ५ युनिट पाइएको छ । 
धरान–१७ स्थित कुम्भी आहालमा जमिनमुनिबाट निकालिएको पानीमा भने कोलिफर्म शून्य रहेको पाइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी, धरान नगर समितिले ७ ठाउको मुहानको र ट्याङ्कीको पानी सङ्कलन गरी पानीको गुणस्तर परीक्षणका लागि बुझाएको थियो ।
प्रयोगशालाले दिएको प्रतिवेदन सहित बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीले धरानको खानेपानी प्रदूषित रहेको विषयमा मेयर हर्क साम्पाङ लाई ध्यानाकर्षण पत्र बुझाएको छ । धरानको खानेपानी मा मेयर साम्पाङ आएपछि भालु खोला, सर्दु लर्दु निशाने र कोकाहबाट पानी ल्याइएको छ ।