विराटनगर । विराटनगरमा रहेको विराट नर्सिङ होममा एक दिनको शिशुको  दुर्लभ शल्यक्रिया भएको छ।  खानाको नली नबनेको, तल्लो खानाको नली श्वास नलीसँग जोडिएको अवस्थामा जन्मिएकी एक दिने शिशुको  दुर्लभ शल्यक्रिया भएको चिकित्सकहरूले बताएका छन्  ।  हस्पिटलले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी एक दिने शिशुको जटिल शल्यक्रियाको गरेको जानकारी दिइएको हो ।  
हस्पिटलका बाल सर्जन डा. हीरामणि पाठक, नव जात शिशु तथा बाल रोग विशेष डाक्टर सोनिया दाहाल, एनेस्थेसियाबाट डा. बात्सल्य अर्याल तथा रक्षा सङ्ग्रौला लगायतको टिमले  दुर्लभ शल्यक्रिया गरेको जानकारी दिइएको छ।  Birat (2)
गत साता धरानस्थित घोपा अस्पतालमा शल्यक्रियाबाट शिशुको जन्म भएको थियो ।   जन्मिनै बित्तिकै शिशुको स्वास्थ्य  देखिए पछि एनआइसियुमा राख्न भनियो ।  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एनआईसीयु सेवा हुन नसक्ने भन्दै रेफर गरेपछि गत शुक्रवार बेलुकी ४ :१५ बजे शिशु लिएर आमा सम्झनाका साथमा बाबु मनि राम राई मगरलाई एम्बुलेन्सका दलालहरूले रेड प्लस अस्पतालमा पु¥याए ।  दलालहरूले रेड प्लस अस्पतालमा पुर्‍याएपछि त्यहाँ पनि बच्चाको अवस्था गम्भीर बन्दै गएपछि त्यो अस्पतालले शिशुलाई बचाउन नसक्ने बाहिर लग्न बनेको  मनीरामले बताए ।  विराट नर्सिङ होममा नवजात शिशुको सफल उपचार हुन्छ भन्ने कसैले सुनाई दिएपछि उनी आफ्नो एक दिने शिशु च्यापेर विराट नर्सिङ होममा पुगे ।  
उपचारको लागि शिशु सहित अस्पताल पुगेको परिवारले शिशुको समस्याको बारेमा चिकित्सकलाई जानकारी गराएपछि सोही दिन नै शिशुको उपचार शल्यक्रिया भएको डा पाठकले बताए । 
अस्पतालका नवजात शिशु तथा बाल शल्य चिकित्सक डा. हीरामणि पाठकले  यस्तो समस्यालाई मेडिकल भाषामा ट्रेके एसोफेगल फिस्टुला भनिने बताए ।  ठ्याक्कै यहि कारणले यो समस्या देखिन्छ भन्ने समेत नहुने भए पनि यस्तो प्रकारको समस्या अत्यन्तै दुर्लभ हुने गरेको डा. पाठकले सुनाए ।  यो समस्या औसत ५ हजार बच्चा जन्मिदा एक जनामा मात्र देखिने गरेको समेत उनको भनाई छ। 

अस्पताल प्रशासनले नवजात शिशुको स्वास्थ्य अवस्था राम्रो भइसकेको जनाएको छ।  शिशु सामान्य अवस्था मै दुध खान सक्ने भइसकेका कारण शुक्रवार नै  नवजात शिशुलाई डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।