सुनसरी । डेंगीको तीव्र सङ्क्रमण फैलिएको सुनसरीमा जनप्रतिनिधिहरूले प्रदेश र सङ्घीय सरकारबाट पर्याप्त सहयोग नपाएको गुनासो गरेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धरानमा आयोजना गरेको डेंगी रोगको रोकथाम तथा नियन्त्रणका सम्बन्धमा स्थानीय तहहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनीहरूले प्रदेश र सङ्घीय सरकारबाट सहयोग नपाएको बताएका हुन ।

dengu aa p
स्थानीय सरकारको प्रयासले मात्र डेंगी रोगको नियन्त्रण सम्भव नभएको उल्लेख गर्दै जनप्रतिनिधिहरूले बजेट अभावले गर्दा प्रभावकारी काम गर्न नसकेको बताए । सुनसरीका १२ वटै स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्य शाखा प्रमुखहरूका लागि गरिएको अन्तरक्रियामा स्वास्थ्य मन्त्रालयको भूमिका नै प्रभावकारी नभएको जनप्रतिनिधिहरूको भनाई थियो । मन्त्रालयको टोली काठमाण्डौबाट दुई दिन आएर घुमेर जाँदैमा आफ्नो दायित्व पुरा भएको नठान्न उनीहरूले सुझाव दिए । डेंगीको महामारी फैलिएको सुनसरीमा स्थानीय सरकारको मात्र भर पर्न नहुने बताउँदै उनीहरूले बेलैमा बजेट उपलब्ध गराउन समन्वयकारी भूमिका खेल्न मन्त्रालयको टोलीलाई सुझाव दिए ।
dd aa pp
कार्यक्रममा धरान उपमहानगरका नगरप्रमुख हर्कराज राई, राम धुनी नगरपालिकाका नगरप्रमुख शङ्करलाल चौधरी, हरि नगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, भोक्राहनरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजाद, गढी गाउँपालिकाका अध्यक्ष आसनारायण चौधरी लगायतले बोलेका थिए ।