सुनसरी  डेङगुको सङ्क्रमण तीव्र रूपमा फैलिएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिड अस्पतालका डेंगु अस्पतालको रूपमा सञ्चालन गर्ने तयारी गरेको छ ।

बिरामीको चाप अत्यधिक बढेपछि प्रतिष्ठानले छुट्टै डेङगु क्लिनिक सञ्चालन गर्दै आएको छ ।

शुक्रवारदेखि क्लिनिकमा परीक्षण गर्न आएका बिरामीहरू मध्ये ८० प्रतिशतमा डेङगुको सङ्क्रमण देखिएको छ ।

यो क्रम झनै बढ्दै जाने देखिएपछीे आपत्कालीन डेङगु क्लिनिकबाट मात्र बिरामीको उपचार धान्न नसक्ने भएकाले खाली रहेको कोभिड अस्पताललाई डेंगु अस्पतालको रूपमा सञ्चालन गर्न लागिएको अस्पताल निर्देशक जगतप्रसाद नारायणले जानकारी दिए ।

धरान उपमहानगरपालिका स्वास्थ्य शाखाका अनुसार धरानमा मात्र अहिलेसम्म १ हजार ६ सय सङ्क्रमित भैसकेका छन् । एक जना महिलाको मृत्यु भैसकेको छ ।

धरानको २० वटै वार्डमा सङ्क्रमण फैलिए पनि सबैभन्दाबढी वडा नम्बर ११, १५ र  १७ मा बढी सङ्क्रमित देखिएको छ ।

बिपी प्रतिष्ठानले बिरामीहरूको निःशुल्क डेंगु परीक्षण गरिने व्यवस्था मिलाइएको छ ।