सुनसरी । सुनसरीका स्थानिय तहका जनप्रतिनिधिहरुले सरकारले स्वस्थ मासु उत्पादनका लागि पशु बधशाला तथा मासु जाँच ऐन नियम बनाए पनि लागू गर्न नसकेको स्विकार गरेका छन ।

इनरुवा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा सबै क्षेत्रको सहयोग नहुदा मासु जाँच ऐन र पशु बधशाला तथा मासु जाँच नियमावली कागजी पानामा मात्र सीमित हुन पुगेको उनीहरुको भनाई छ ।

सरकारले स्वस्थकर मासु उत्पादनका लागि मासु बधशाला र मासु जाँच ऐन नियमावली २०५७ सालमै बनाए पनि अधिकाँश व्यवसायीको अटेरीपन र उपभोत्ताको लापर्वाहीले सो नियमावली अवलम्बन नगरेको इनरुवा नगरप्रमुख केदार भण्डारीले बताए ।

उपभोक्तालाई सफा र स्वस्थकर मासु बिक्री गर्न र विभिन्न मासुजन्य रोगबाट टाढा रहनका लागि पशु बधशाला तथा मासु जाँच ऐन बनाए पनि व्यवसायीले ध्यान नदिँदा मासु ऐन नियमावली कार्यान्वयन कठिनाई भएको भोक्राहा नरसिंह गाउपालिका अध्यक्ष अजमल अख्तर अजादले बताए ।

अझैपनि मासु पसलहरु ब्यबस्थित ढंगबाट चल्न नसकेको, धेरै मासु पसल दर्ता नभई सञ्चालन भइरहेको भन्दै स्थानिय सरकार निरिह बन्न नहुने सहभागीहरुले बताए ।