सुनसरी । बर्डफ्लुको उच्च जोखिम रहेको सुनसरीमा किसानहरुले आर्थिक बर्षमा २०७९-८० मा ब्योहोरेको क्षतीको राहत रकम एक बर्षपछी पाएका छन ।
बर्डफ्लु रोग नियन्त्रणका क्रममा नष्ट गरिएका पंक्षी तथा बस्तुहरुको क्षतीपूर्ती बापतको १ करोड १८ लाख ३१ हजार रकम सम्बन्धित ब्यवशायिक फर्महरुलाई बितरण गरिएको भेटनरी अस्पताल तथा पशुसेवा बिज्ञ कार्यलय सुनसरीका प्रमुख कुमारसिंह खत्रीले जानकारी दिए ।
सुनसरीका बिभिन्न स्थानिय तहमा गत बर्ष बर्डफ्लु रोगको प्रकोपबाट १५ करोड ७३ लाख बराबरको क्षती भएको थियो । उक्त रकमको ७५ प्रतिशत मात्र राहत रकम किसानलाई बितरण गरिएको खत्रीले बताए ।
सुनसरीमा बर्डफ्लुको प्रकोपबाट किसानले बर्सेनी ठुलो क्षति ब्योहोर्नुपरेको छ ।

















