सुनसरी । बंगुरपालनको लागि प्रसिद्ध मानिएको सुनसरीको धरानमा चालु आर्थिक बर्षमा किसानले ३० करोड बराबरको क्षती ब्योहोर्नुपरेको छ ।

बंगुरमा लाग्ने अफ्रिकन स्वाईनफिवरको प्रकोपले किसानले पालेको बंगुर मर्दा ३० करोड बराबरको नोक्सानी भएको धरान उपमहानगरपालिका पशु शाखा प्रमुख डा. बिर्खबहादुर कुलुङले बताए ।

गत बर्षको बैशाखदेखी फैलिएको प्रकोप नियन्त्रण बाहिर गएपछी ठुलो क्षती ब्योहोर्नुपरेको कुलुङको भनाई छ । जनशक्ति अभाव र स्थानिय सरकारको मात्र पहलले प्रकोप नियन्त्रण गर्न नसक्दा ठूलो मात्रामा बंगुर मरेको कुलुङले बताए ।

पशु बिमाको झन्झटिलो प्रक्रियाको कारण धेरै किसानहरु बीमाको पहुचमा पुग्न नसक्दा थप नोक्सानी भएको छ ।

यस्तै कुलुङका अनुसार पशुमा फैलिएको लम्फीस्किन रोगको प्रकोपबाट २५ वटा चौपाय र रेबिजबाट ४० वटा चौपाय मरेका छन । यस्तै ३ सय ५० कुकुर र २ सय ५० बिरालोको बन्ध्याकरण गरिएको डा. कुलुङले बताए ।