सुनसरी — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि चयन हुँदा कांग्रेस कोशी प्रदेशका महामन्त्री उमेश थापाले सर्वाधिक मत पाएका छन् । कुल ७ सय ९१ मत खसेकामा थापाले ५ सय ९५ मत प्राप्त गरेका हुन् । उनीपछि श्याम पोखरेलले ५ सय ७६ मत पाए ।

महाधिवेशन प्रतिनिधि खुलातर्फ थापा, किशोर राई, पर्वतकुमार राई, मीनबहादुर विश्वकर्मा, रामकुमार तामाङ (मामा), रुपेश आचार्य, सचित शर्मा, सुजेन्द्र तामाङ, सुरेश श्रेष्ठ र पोखरेल निर्वाचित भएका छन् ।

महिला खुलातर्फ उर्मिला प्रधान, निर्मला गुरुङ (निरु), प्रदेश सांसद ममता तामाङ र मिना सुब्बा निर्वाचित भएका छन् । आदिवासी जनजाति खुलातर्फ महेन्द्र प्रधान, रोहित सुब्बा र सुवास राई निर्वाचित भए । आदिवासी जनजाति महिलातर्फ पञ्चकला राई, रमिना सुब्बा गुरुङ र सन्ध्या श्रेष्ठ निर्वाचित भएका छन् ।

खस आर्य खुलातर्फ रत्नबहादुर रिमाल र खस आर्य महिलातर्फ रूक्मिणा गौतम (कोपिला गौतम) निर्वाचित भएकी छन् । मधेसीतर्फ राजु साह र दलिततर्फ सन्तोष विश्वकर्मा निर्वाचित भएका छन् । सन्तोष भने निर्विरोध निर्वाचित भएका हुन् ।

पेशागत विषय विज्ञतर्फ चन्द्रशेखर लामा, युवा खुलातर्फ दोर्ची शेर्पा र प्रसान राई तथा युवा महिलातर्फ सुबिक्षा राई निर्वाचित भएका छन् । श्रमिकतर्फ विजय घिमिरे महाधिवेशन प्रतिनिधि बनेका छन् ।

त्यस्तै अपांगतातर्फ ध्रुव गिरी, अल्पसंख्यकतर्फ जयप्रकाश शर्मा, दलिततर्फ गणेश परियार, प्रजातन्त्र सेनानीतर्फ भीष्मराज काफ्ले र समानुपातिक थारु–मुस्लिमतर्फ काशीराम चौधरी निर्वाचित भएका छन् ।

क्षेत्रीय तथा प्रदेश तहका सभापतिहरू भने पदेन महाधिवेशन प्रतिनिधि बनेका छन् । सुनसरी क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति तिलक राई, प्रदेशसभा १ (क) का सभापति सन्तोष लिम्बू, प्रदेशसभा १ (ख) का सभापति सुमित राई र धरान उपमहानगर सभापति प्रवीण राई पदेन प्रतिनिधि बनेका हुन् ।

क्षेत्र नम्बर १ मा प्रतिनिधि चयनका लागि भएको निर्वाचनमा विभिन्न समूह र समावेशी क्लस्टरबाट प्रतिनिधि छनोट गरिएको हो । खुलातर्फ सबैभन्दा बढी मत पाएका थापाले ५ सय ९५ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका पोखरेलले ५ सय ७६ मत पाए ।