सुनसरी । कोशी प्रदेश योजना आयोगका नवनियुक्त दुई सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त सदस्य द्धय तोयानाथ खतिवडा (रुपेश) र हरिकुमारी राईलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज(शुक्रबार)पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित समारोहमा दुवै सदस्यले शपथ ग्रहण गरेका हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विराटनगर–३ निवासी खतिवडा र खोटाङकी राईलाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

 नेपाली कांग्रेसनिकट दुई सदस्यले राजीनामा दिएपछि आयोगमा पद रिक्त थियो । रिक्त स्थानमा नयाँ सदस्य नियुक्त गरिएको हो ।