विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापतिमा कृष्ण कार्की निर्वाचित भएका छन्। विराटनगर महानगरपालिका कार्यसमिति का लागि बिहीबार भएको निर्वाचनमा सभापति पदमा विजयी भएका हुन्। निर्वाचन अधिकृत विकास थापाका अनुसार कुल ८९८ मतदाता रहेको महानगर समितिमा ७९७ मत खसेको थियो।
सार्वजनिक मत परिणाम अनुसार सभापतिमा विजयी कृष्णबहादुर कार्कीले ६४६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी केशव गिरीले १२६ मत प्राप्त गरे।
यस्तै,उपसभापति (महिला)पदमा श्रुती शर्मा निर्वाचित भएकी छन्। शर्माले ४९५ मत प्राप्त गरी विजयी हुँदा उनकी निकटतम प्रतिद्वन्द्वी कृष्णाकुमारी साहले २२९ मत प्राप्त गरिन्।
यसैगरी,जिल्ला कार्यसमिति सदस्य ९महानगरबाट महिला तर्फ दुई जना० मा सावित्रा पोखरेल र उमा घिमिरे निर्वाचित भएका छन्। पोखरेलले ४३२ र घिमिरेले ३८१ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी कमला कँडेलले ३०४ मत प्राप्त गरिन्।
जिल्ला कार्यसमिति सदस्य ९महानगरबाट खुला तर्फमा ज्ञानेश्वर नेपाल, सुमन प्रसाईं र सुरेन्द्र भट्टराई ९सुगल० निर्वाचित भएका छन्। जसमा नेपालले २८८ मत, प्रसाईंले २०५ मत र भट्टराईले २०४ मत प्राप्त गरेका छन्।











