सुनसरी । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशनको मतदान कार्यक्रम स्थगित भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले बिहीबार सूचना जारी गर्दै निर्धारित समयमा मतदान गराउन नसकिएको जनाएको हो ।
सूचना अनुसार बिहीबार बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान गर्ने कार्यक्रम तय गरिएको थियो ।
तर ‘विशेष परिस्थिति परी मतदान गर्न असमर्थ रहेको’ भन्दै अर्को सूचना जारी नभएसम्मका लागि बिहीबारको मतदान कार्यक्रम स्थगित गरिएको निर्वाचन अधिकृतद्वारा जारी सूचनामा उल्लेख छ ।

सुनसरी–२ मा क्षेत्रीय सभापतिका लागि राजन मेहता र सुदीप अधिकारीबीच प्रतिस्पर्धा हुने तयारी थियो ।
सहमतिको प्रयास सफल नभएपछि मतदानमार्फत क्षेत्रीय कार्यसमिति तथा महाधिवेशन प्रतिनिधि चयन गर्ने प्रक्रिया अघि बढाइएको थियो ।
तर मतदानकोक्रममा मतदाताले चिट लिएर मत खसाल्न थालेपछी बिवाद उत्पन्न भएको हो ।
यसअघि सुनसरी–४ को क्षेत्रीय अधिवेशनमा मतदानका क्रममा विवाद उत्पन्न भएपछि निर्वाचन प्रक्रिया रोकिएको थियो ।
त्यहाँ क्षेत्रिय अध्यक्ष एवंम कोसी गाउपालिकाका अध्यक्ष अयुब अन्सारीले मतपेटिका लडाएर मतपत्र छरिदिएपछी झडप भएको थियो ।
त्यसपछी केन्द्रीय निर्वाचन समितिले थप निर्वाचन कार्यक्रम अघि नबढाउन निर्देशन दिएको थियो ।











