सुनसरी । पुस १७ गते हुने पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघको ६ पदका लागि १५ जनाको उम्मेदवारी परेको छ ।
आठ जना केन्द्रीय सदस्यहरू भने निर्विरोध निर्वाचित भएका छन् ।
सभापतिमा चार जनाको उम्मेदवारी परेको छ । सभापतिमा नवीन लामिछाने, डाक्टर नीरज कुमार मिश्र, नरेश कुमार साह र भूपेन्द्र बाह्रकोटीको उम्मेदवारी परेको छ ।
त्यस्तै, उपसभापतिमा तीन जनाको उम्मेदवारी परेको छ । शंकर प्रसाद दाहाल, दृष्टि बस्ती र जीवन थापाको उम्मेदवारी परेको निर्वाचन समिति सदस्य दीपक कुमार खतिवडाले जानकारी दिनुभयो ।
जीवन थापाले उपसभापतिमा दोहोर्याएका हुन् । उनी निवर्तमान उपसभापति हुन् ।
त्यसै गरी, महासचिवमा दुई जनाको उम्मेदवारी परेको छ ।
महासचिवमा दुर्गा प्रसाद बास्तोला र डाक्टर प्रसन्न दाहालको उम्मेदवारी परेको हो । सचिवमा पुकार चौधरी, र दीक्षा पौडेलको उम्मेदवारी परेको छ । उम्मेदवारी दिएका रमण कुमार कर्णले उम्मेदवारी फिर्ता लिएपछि सचिवको प्रतिस्पर्धामा दुई जना मात्र बाँकी रहेका हुन् ।
त्यस्तै कोषाध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा प्रमीला सिन्हा र अविनाश कुमार मण्डलको उम्मेदवारी परेको छ ।
खुल्ला सदस्यमा रोहित शर्मा र भोला नाथ लुुईंटेलको उम्मेदवारी परेको छ ।
छ जना केन्द्रीय सदस्य भने निर्विरोध निर्वाचित भएका छन् ।
निर्विरोध निर्वाचित हुनेहरूमा महिला सदस्यमा अस्मिता श्रेष्ठ, इन्जिनियरिङ क्याम्पसबाट जगरनाथ साह, कृषि तथा वन विज्ञान क्याम्पसबाट मदन बहादुर थापा छन् ।
त्यस्तै विज्ञान तथा प्रविधि क्याम्पसबाट राकेश ठाकुर, मेडिकल क्याम्पसबाट सुशील रेग्मी, शिक्षण अस्पतालबाट राकेश कुमार अधिकारी, व्यवस्थापन क्याम्पसबाट प्रदीप के.सी. र जनता आदर्श बहुमुखी क्याम्पसबाट मनोज कुमार मेहता निर्विरोध निर्वाचित भएका छन् ।
बाँकी छ पदका लागि पुस १७ गते निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ ।

















