सुनसरी । गणेश मन्दिर निर्माण तथा रत्नेश्वर शिवालय मन्दिर उद्धारार्थका लागि श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ । आगामी मंसिर १८ गते देखी २५ गते सम्म धार्मिक अनुष्ठान आयोजना हुने भएको हो । 


सुनसरीको रामधुनी ७ मा गणेश मन्दिर तथा रत्नेश्वर शिवालयका लागि धार्मिक अनुष्ठान गर्न लागिएको रानीपोखरी महिला समूहले जानकारी दिएको छ ।

धार्मिक अनुष्ठानमा धर्मगुरु श्रीनिवासाचार्यजी महाराजको कथा प्रवचन र राजेश कोइरालाद्वारा भागवत पाठ पारायण गरिने  रानीपोखरी महिला समुहले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । 


गणेश मन्दिर स्थापना गरि पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने उदेश्यले धार्मिक अनुष्ठान आयोजना गर्न लागिएको रानीपोखरी महिला समूहकी अध्यक्ष रेनुका पौडेलले जानकारी दिइन् । 

 

रानीपोखरीलाई धामिक पर्यटकिय स्थलको रुपमा चिनाउने र पौणानिक महत्व बुझाउन पनि महायज्ञ आयोजना गर्न लागिएको पुराण ब्यवस्थापन समितिका अध्यक्ष सरोज गिरीले जानकारी दिए ।

अनुष्ठान भरी धार्मिक झाँकी तथा संगितमय कार्यक्रमहरु पनि आयोजना गरिने आयोजकले जानकारी दिएको छ ।