सुनसरी– जेनजी आन्दोलनपछि शिक्षालयहरूमा पठन पाठन अनिश्चित बनेको भन्दै सुनसरीमा आइतबार देखी विद्यालय खोल्ने वातावरण बनाउन आग्रह गरिएको छ ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान, प्याब्सन र एन प्याब्सन सुनसरीले शनिवार संयुक्त विज्ञप्ति जारी गर्दै आइतबार देखी पठन पाठनको व्यवस्था मिलाई दिन प्रशासनसँग माग गरेका हुन ।
आफूहरू भोली शनिवारबाट पठनपाठन गर्न तत्पर रहेको भन्दै त्यसका लागि वातावरण बनाइ दिन प्रशासनसँग उनीहरूले माग गरेका हुन ।
प्रशासनले अवस्था सामान्य भैनसकेको जनाउँदै विद्यालय सञ्चालनको लागि अनुमति नदिँदा सुनसरीका शिक्षालयहरू सञ्चालनमा आउन सकेका छैनन् ।