सुनसरी । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोग ६ महिनादेखि अध्यक्षविहीन हुँदा शिक्षक कर्मचारीको बढुवा र नयाँ नियुक्तिको काम ठप्प भएको छ ।
गत चैत्र २२ मा प्रा.डा. महेशराज दाहालको पदावधि सकिएपछि आयोगले अर्को अध्यक्ष पाउन सकेको छैन ।
६ महिना देखी विश्वविद्यालय सेवा आयोग अध्यक्ष नियुक्त हुन नसक्दा शिक्षक कर्मचारीको वृत्ति विकासमा असर परेको छ ।
शिक्षा मन्त्री सहितको एक समितिले सिफारिस गरेपछि विश्वविद्यालय कुलपति समेत रहेका प्रधानमन्त्रीले आयोगको अध्यक्ष नियुत्ती गर्नुपर्ने प्रावधान छ । तर राजनीतिक भागबन्डा नमिल्दा लामो समयदेखि विश्वविद्यालय सेवा आयोग अध्यक्ष विहीन बन्नुपरेको कर्मचारीहरूको भनाई छ ।