सुनसरी । होटेल म्यानेजमेन्टको शिक्षामा अग्रणी इटहरीको premier Hotel School का डिप्लोमा इन होटेल म्यानेजमेन्ट र डिप्लोमा इन कुलिनरी आर्ट्सका विद्यार्थी ग्र्याजुएसन कार्यक्रम सम्पन्न गरेको छ ।

डिप्लोमा इन होटेल म्यानेजमेन्ट र डिप्लोमा इन कुलिनरी आर्ट्स का विद्यार्थीहरूलाई ६ महिनाको अध्ययन पूरा गरी graduation प्रमाणपत्र प्रदान गरिएको छ।

कार्यक्रममा विद्यार्थीहरूलाई Lincoln University ko Diploma Certificate, Bakery, Barista, Bartending, Sushi, personality Development को सर्टिफिकेट पनि प्रदान कलेजका प्रिन्सिपल सुवास लुइँटेलले जानकारी दिए ।

छोटो समयमा नै व्यावहारिक सीप हासिल गरेका यी विद्यार्थीहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा Industrial Placement का लागि तयार भएका र केही विद्यार्थीहरू ‘लर्न एन्ड अर्न’ प्रोग्राम मा सहभागी भई काम गर्दै पढ्ने योजनामा रहेको प्रिन्सिपल लुइँटेलले बताए ।

Premier Hotel School ले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम, सीपयुक्त र व्यावसायिक जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ।

होटेल तथा पर्यटन उद्योगमा बढ्दो मागलाई मध्यनजर गर्दै यस्ता तालिम र कार्यक्रमहरूले विद्यार्थीहरूलाई विश्व बजारमा अवसर प्राप्त गर्न सहज बनाउने विश्वास व्यक्त गरिएको कलेजले जनाएको छ ।
