सुनसरी । पूर्वाञ्चल विश्वविद्यालयमा यसै शैक्षिक सत्र देखी एमबिबिएस पढाइ हुने भएको छ ।
चिकित्सा शिक्षा आयोगले पूर्वाञ्चल विश्वविद्यालयलाई यसै शैक्षिक सत्रदेखि एमबिबिएस पढाउनका लागि ५० सिट स्वीकृति प्रदान गरेको हो ।
यो स्वीकृतिसँगै बिश्वबिद्यालयलाई एमबिबिएस पढाउनका लागि बाटो खुलेको हो ।
स्थापनाको १९ वर्षपछि मेडिकल कलेज सञ्चालनको अनुमति पाएको बिश्वबिद्यालयलाई सरकारले एमबिबिएसमा विद्यार्थी भर्नाका लागि पहिलो पटक सरकारी सिट प्रदान गरेको हो ।
चिकित्सा शिक्षा आयोगको बिहीबार साँझ बसेको बैठकले पूर्वाञ्चल बिश्वबिद्यालयसंगै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मकवानपुरलाई एमबिबिएस पढाउन ५० सिट दिने निर्णय गरेको हो ।
पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल कलेजको लागि शिक्षण अस्पतालमा रूपमा कोसी अस्पताललाई प्रयोग गर्ने विषयमा दुई वर्षअघि नै सम्झौता भएको थियो ।