सुनसरी । शिक्षासेवी प्रेमप्रसाद न्यौपाने र बलराम पोखरेल सम्मानित हुने भएका छन् ।

गुरु पूर्णिमाको अवसर पारेर बिहीबार इटहरी स्थित जनता माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूले उहाहरुलाई सम्मान गर्ने भएका हुन ।

जनता माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक समेत रहिसकेका न्यौपाने सहित पोखरेललाई विशेष सम्मान गर्न लागिएको शुक्रवार बिहान इटहरीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

जनता स्कुलका पूर्व विद्यार्थी समूहको आयोजनामा हुने कार्यक्रममा समाज निर्माणमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै विशेष सम्मान गरिने कार्यक्रम संयोजक लक्ष्मण निरौलाले जानकारी दिए ।

कार्यक्रम जनता माध्यमिक विद्यालयको प्रङगणमा बिहान ९ बजे गरिने उहाँले जानकारी दिनुभयो ।