सुनसरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान सुनसरीले कक्षा ११ को लागि प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको छ ।
परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन हिसानले एसइईको परीक्षाफल प्रकाशित भए लगत्तै कक्षा ११ को लागि प्रवेश परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।
हिसान सुनसरीले प्रत्येक वर्ष आफूसँग आबद्ध शिक्षालयहरूको लागि परीक्षालाई व्यवस्थित बनाउन प्रवेश परीक्षाको समय तालिका सार्वजनिक गर्दै आएको छ ।
हिसान सुनसरीमा २१ वटा शिक्षालय आबद्ध छन् ।
HISSAN TALIKA