सुनसरी । अडिमर प्रोडक्शनको निर्माणमा निर्माण भएको नेपाली फिचर फिल्म गाढा १७ को इटहरीमा अगामी शनिवार विशेष प्रदर्शन हुने भएको छ ।
फिल्म निर्माण टिमले मंगलबार इटहरीमा पत्रकार सम्मेलन गरी चैत्र २४ गते शनिवार इटहरी स्थित ई लाइट सिनेमा हलमा फिल्मको विशेष प्रदर्शन गर्न लागिएको जानकारी गराएको हो ।
करिब ८ लाखको लगानीमा निर्माण भएको फिल्मको अधिकांश छायाङ्कन सुनसरीका विभिन्न स्थानमा गरिएको निर्देशक रिहान लिम्बुले जानकारी गराए ।
स्थानीय तथा केही राष्ट्रिय कलाकारले खेलेको फिल्मको कार्यकारी निर्माता मनिराज राई, प्रोड्युसर आश्रित चापागाईँ र सहायक निर्देशक प्रवेश न्यौपाने रहेका छन् ।