विराटनगर । नेपालमा प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा विराटनगरमा दीपावली गरिएको छ । विराटनगर महानगरपालिका वडा नम्बर ३ मा सोमबार साँझ एक कार्यक्रमका बिच दीपावली गरिएको हो । नेपाली काँग्रेस विराटनगर महानगरपालिका वडा नम्बर  ३ को आयोजनामा भएको दीपावलीमा सामाजिक क्षेत्रका व्यक्तिहरूको समेत सहभागिता रहेको थियो । जहानियाँ राणा शासनको अन्त्य गर्दै २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको स्मरणमा  सोमबार सरकारले सार्वजनिक बिदा समेत दिएको थियो । हरेक वर्ष प्रजातन्त्र दिवस मनाइँदै आएको भए पनि यो कर्मकाण्डी मात्र हुने गरेको आरोप लाग्दै आएको छ ।  
dipawali (8)dipawali (7)dipawali (1)dipawali (4)dipawali (6)dipawali (3)dipawali (2)