इटहरी । प्रथम स्कुल लेभल नेशनल तेक्वान्दो च्याम्पियनसिप २०८०मा इटहरीको कस्तुरी एकेडेमीबाट प्रतिनिधित्व गर्ने ३ खेलाडीले पदक जित्न सफल भएका छन् । 

विद्यार्थीहरूका लागि प्रथम पटक आयोजना गरिएको फागुन १ गते देखी ५ गते सम्म जारी प्रतियोगितामा इटहरीबाट प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा सहभागी भएका ३ खेलाडीले पदक जित्न सफल भएका हुन । 
ललितपुरको सात दोबाटो स्थित एकेडेमीमा बिहीबार भएको पुम्से विधाको अन्डर ११को व्यक्तिगत तर्फ सुहाना लिम्बुले दोस्रो हुँदै सिल्भर पदक भएकी छन् । 
त्यस्तै अन्डर ११को डबल तर्फ अभि भट्टराई र विशेशता सत्यालको जोडी तेस्रो हुँदै ब्रोजन पदक जित्न सफल भएको हुन । 
बिहीबार भएका दुवै प्रतिस्पर्धामा विद्यार्थीहरूले पदक जित्न सफल भएको तेक्वान्दो प्रशिक्षक प्रसन्न तिम्सिनाले जानकारी दिए । 
पुम्सेको अन्डर ११ व्यक्तिगत तर्फ सुप्रिम शिव बाबा स्कुलका छिरिङ पाल्मु शेर्पा प्रथम भइन भने गोदावरी आवासीयकी एरिन महर्जन र विजेश्वरी ज्ञान मन्दिरकी सिम्रन तामाङ तेस्रो भएकी थिइन् । 
यस्तै पुम्सेको अन्डर ११ डबल तर्फ  सुप्रिमशिव बाबा स्कुलका तृषा घ्याबा र छिरिङ पाल्मु शेपा प्रथम भएका थिए । फ्यारील्याण्ड इन्टरनेशनल स्कुलका कृपा खपाङ्गी र श्रवण मगरको जोडी दोस्रो भएको थियो । 
तेक्वान्दो प्रशिक्षक तिम्सिनाका अनुसार प्रतियोगितामा भाग लिन कस्तुरी एकेडेमीका ४ जना खेलाडीले सहभागिता जनाएका थिए । 
तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिताका विभिन्न विधामा देशभरबाट करिब १ हजार बढी विद्यार्थीहरूले भाग लिएका थिए ।।

kasturi student (1)