सुनसरी । इटहरी साहित्यिक समूहले प्राडा चूडामणि बन्धुलाई सम्मान गर्ने भएको छ ।
इटहरी साहित्यिक समूहका संस्थापक अध्यक्ष स्वर्गीय धरणीधर दाहालको ९७ औँ जन्म जयन्तीको अवसरमा प्रत्येक वर्ष गरिने स्रष्टा सम्मान यसबर्ष ललितपुर निवासी चूडामणि बन्धुलाई नगद सहित सम्मान गर्ने भएको हो ।
इटहरी साहित्यिक समूहको आयोजना र धरणीधर दाहाल स्मृति प्रतिष्ठानको सह आयोजनामा फागुन ५ गते शनिवार एक कार्यक्रम आयोजना गरी उहालाई सम्मान गरिने बिहीबार पत्रकार सम्मेलन गरी आयोजकले जानकारी गराएको छ ।
यसै गरी गायक तथा सङ्गीतकार बुलु मुकारुङलाई पनि सम्मान गर्ने सम्मान तथा पुरस्कृत गरिने आयोजक इटहरी साहित्यिक समूहका सचिव जगदीश सापकोटाले जानकारी दिए ।