विराटनगर । नेकपा एमाले कोशी प्रदेशको अधिवेशनमा भूगोल तर्फ ३ जिल्लामा सर्वसम्मत सदस्य चयन भएको छ । केहि जिल्लामा दलित र युवा क्लस्टरबाट पनि निर्वीरोध निर्वाचित भएका छन् ।
अधिवेशनमा छुट्याएको कोटा अनुसार नै सहमतिमा मनोनयन दर्ता भएपछि सर्वसम्मत सदस्य चयन भएका छन् ।
इलाम, पाँचथर र सोलुखुम्बुबाट सर्वसम्मत सदस्य चयन भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पाँचथर ४ जना खुल्ला सदस्य मध्ये भवानी प्रसाद लिङ्देन, गोविन्द तामाङ्ग,नरेन्द्र कुमार बस्नेत,धनकुमार पियाकको मात्रै मनोनयन दर्ता भएपछि उनीहरु निर्वीरोध प्रदेश सदस्यमा निर्वाचित भएका हुन् ।
यस्तै महिला तर्फ पाँचथरबाट दुई जना निर्वीरोध निर्वाचित भएका छन् । महिला तर्फ आशारत्न जवेगु र करुणा राई र युवा तर्फ दिनेश कुमार श्रेष्ठ निर्वाचित भएका छन् । एक जना दलितमा भने पाँचथरबाट मनोनयन नै दर्ता भएको छैन ।
इलामबाट भने १५ जना नै निर्वीरोध निर्वाचित भएका छन् । खुल्ला तर्फ १० र महिला तर्फ ५ युवा एक र दलित एक गरि १७ जना नै निर्वीरोध भएको मुख्य निर्वाचन अधिकृृत चुढामणी आचार्यले बताए ।
इलामबाट खुल्ला तर्फबाट धनकुमार श्रेष्ठ ओम नारायण खनाल, केशब शर्मा कृष्ण कुमार शाहा याम प्रसाद अधिकारी जयप्रकाश राई काजीमान कागते र गणेश बराल निर्वीरोध निर्वाचित भएका हुन् ।
महिला तर्फबाट भने रिपल राई, शकुन्तला लेप्चा, बृन्दा विश्वकर्मा सावीत्रा शिवा र टीकादेवी घिमिरे निर्वीरोध निर्वाचित भएका छन् । इलाममा युवा तर्फ राजकुमरा थापा र देवेन्द्र विश्वकर्मा निर्वीरोध भएका छन् ।
भूगोल तर्फ सोलुखुम्वुबाट भने सर्व सम्मत सदस्य छानिएका छन् । निवाचन अधिकृतको कार्यालयका अनुसार सोलुखुम्बुमा ८ जना सदस्य निर्वीरोध भएको हुन् । खुल्ला तर्फबाट उत्तम कुमार बस्नेत, सोनाम गेल्जेन शेर्पा र महेश किराँती निर्वीरोध भएका छन् ।
महिला तर्फ सूर्यकुमार सुनुवार पार्वती राई र टासी ल्हामु शेर्पा निर्वीरोध भए । युवामाचरित्र भुजेल र दलितमा डाकबहादुर रणपहेली पनि निर्वीरोध निर्वाचित भएका छन् ।
ताप्लेजुङ्गमा युवा र दलित भने निर्वीरोध निर्वाचित भएका छन् । एक एक जनाको मात्रै मनोनयन दर्ता भएपवछि ताप्लेजुङ्गमा युवा र दलित सदस्य निर्विारोध भएका हुन् । ताप्लेजुङ्गमा युवा तर्फ देवसेन आङ्वुहाङ्ग र दलितमा वुद्धीमान परियार निर्विरोध भएका हुन् ।
खोटाङ्गमा तीन जना महिला सदस्य निर्वाचित गर्नु पर्नेमा ३ जनको मात्रै मनोनयन दर्ता भएको छ । विणादेवी राई दिलकुमारी राई र पुष्पकला भुजेलको मात्रै मनोनयन दर्ता भएपछि खोटाङ्ग महिला सदस्य निर्वीरोध भएका हुन् । यस्तै दलितमा खोटाङ्गकै चर्चबहादुर विश्वकर्मा पनि निर्वीरोध भएका हुन् ।
मोरङ्गबाट भने युवा महिला निर्वीरोध निर्वाचित भएका छन् । ४ जना युवा निर्वाीचत गर्नु पर्नेमा दुई महिला निर्वीरोध भएका हुन् । २ जनामा २ जना युवा महिलाको मात्रै मनोनयन दर्ता भएपछि ज्योती चौहान र फुलथुङ्गा खतिवडा निर्वीरोध भएका हुन् ।
धनकुटाबाट दलितमा यज्ञकुमारी रुचाल निर्वीरोध भएकी छन् । तेह्थुममा पनि दलितबाट अनुभूतीबम नेपाली निर्वीरोध निर्वाचित भएका छन् ।
भोजपुरमा युवा र दलित सदस्य निर्वीरोध भएका छन् । भोजपुरबाट युवामा रोशन बस्नेत र दलितमा सञ्जना दर्जी निर्वाचित भएका छन् । एक एक जनाको मात्रै मनोनयन दर्ता भएपछि उनीहरु निर्वीरोध भएका हुन् ।
मजदुरमा महिला तर्फ २ जना पनि निर्वीरोध निर्वाचीत भएका छन् । माया भण्डारी र निर्मला परियार निर्वीरोध भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हल खुल्ला महिला सदस्यमा पनि २ जना निर्वीरोध भएका छन् । हलबाट निर्वीरोध हुने महिला सदस्यहरुमा शुशिला पहाडि ढकाल र रुफीना गुरुङ्ग रहेका छन् ।