इटहरी । डेँगीको सङ्क्रमण बढ्न थाले पछि इटहरी उपमहानगरपालिकाका सबै २० वटै वडाहरूमा खोज र नष्ट अभियान सुरु भएको छ । आज बिहान झरीका बिच वडाका विभिन्न टोल विकास संस्थाहरूले सरसफाइ गर्नुका साथै सचेतना अभियान सुरु गरेका हुन । 
इटहरी उपमहानगरपालिकाले कार्यपालिका बैठकको निर्णय गर्दै सचेतना अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । निर्णय अनुसार आजबाट सबै वडाहरूले टोल टोलमा पुगेर डेँगी फैलाउने लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको हो । 
इटहरीको वडा नम्बर ४को कचना टोल विकास संस्थाका अध्यक्ष मुक्तिनाथ दाहालले सरसफाइ गरेको जानकारी दिए । टोल विकास संस्थाको अगुवाइमा टोलका घर घरमा पुगेर पानी जम्मा हुने खाल्डा खुल्डी पुर्ने, झार सफा गर्ने, फोहोर पानी सफा गर्ने काम गरेको अध्यक्ष दाहालले जानकारी दिए । 
wada _3
यस्तै इटहरी वडा नम्बर ३ मा पनि खोज र नष्ट गरे अभियान सञ्चालन गरिएको छ । वडाका विभिन्न टोल टोलमा पुगेर सफा गरिएको छ । इटहरी ३को पुराण चौक तथा आसपासको क्षेत्रमा पनि सरसफाइ गरिएको छ । 
यस्तै वडा नम्बर २ मा पनि डेँगी रोकथाम नियन्त्रण अभियान सञ्चालन गरिएको छ । वडा नम्बर १७ मा पनि अभियान अन्तर्गत सरसफाइ गरिएको थियो । 
wada _2