इटहरी । इटहरीका विभिन्न ठाउँमा पुगेर सरसफाई गर्दै आएको बुल्स ऐलेभेन क्लब र युथ क्लब आँपगाछिले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । 

 गाउँमा रहेका जेष्ठ नागरिक अशक्त तथा अस्पताल जान नसक्नेहरुलाई लक्षित गरी  इटहरीको वेदान्त अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर आयोजना गरिएको हो । 

शिविरमा २ सय बढिले चेकजाँच गराएका छन् । प्रेसर,सुग लगायतका अन्य स्वास्थ्य समस्याको चेकजाँच गरि निःशुल्क औषधी पनि वितरण गरिएको बुल्स एलेभेन क्लबका उपाध्यक्ष रामु राईले जानकारी दिएका छन । 

कार्यक्रममा बोल्दै इटहरी उपमहानगरपालिका वडा न.१का अध्यक्ष रतन कार्कीले स्वास्थ्य शिविरले अस्पताल जान नसक्ने तथा जेष्ठ नागरिकहरुलाई सहज भएको बताए । यस्ता घर आगनमा गरिने स्वास्थ्य शिविरले जेष्ठ नागरिकहरुमा भएको स्वास्थ्य समस्याहरु पहिचान गर्न ठुलो मद्दत पुग्ने बताए । 

क्लबले नियमित रुपमा सरसफाई गर्दै आएसँगै अन्य सामाजिक कार्यलाई पनि निरन्तरता दिने बुल्स एलेभेनका उपाध्यक्ष रामु राईले बताए ।