विराटनगर ।  झापामा आमरण अनसन बसिरहेका जेनजी घाइते विवेक दनुवारलाई उपचारका लागि काठमाडौँ लगिएको छ । पटक पटक भएको वार्तामा पनि अनशन तोड्न नमानेपछि उपचारका लागि भन्दै दनुवारलाई काठमाडौँ लगिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले बताए ।
उनले दनुवारलाई उपचारका लागि वीर अस्पतालमा लगिएको बताए । उहाँका स्वास्थ्य अवस्था बिग्रिएको होइन । प्रमुख जिल्ला अधिकारी पोख्रेलले भने, उहाँलाई गोली लागेको रहेछ । सो विषयमा पनि थप उपचारका लागि काठमाडौँ लगिएको हो । भदौ ३० गतेबाट विभिन्न माग राख्दै दनुवार आमरण अनसन बसेका थिए । 

अनसन बसेका दनुवारले घाइतेको निःशुल्क उपचार, शिक्षा र रोजगारीको ग्यारेन्टी हुनुपर्ने लगायतका माग राखेका थिए । आमरण अनशनमा दनुवारलाई अन्य घाइतेहरूले सहयोग गरेका छन् ।