सुनसरी । साँगुरीगढी गाउँपालिकाले पालिकाबाटै स्थायी लेखा नम्बर (पान) वितरण गर्न सुरुवात गरेको छ । 

पालिकाले आज(मंगलबार)बाट औपचारिक रुपमा व्यक्तिगत तथा नयाँ व्यवसाय दर्ताका लागि आवश्यक पर्ने स्थायी लेखा नम्बर (पान) वितरण सुरु गरेको हो । 

गाउँपालिका अध्यक्ष जितेन्द्र राईले सेवाग्राहीलाई पहिलो पान प्रमाणपत्र हस्तान्तरण गर्दै सेवाको औपचारिक शुभारम्भ गरेका छन् । साँगुरीगढी ६ सिम्सुवा नजिक बेल्बोटेस्थित सुब्बा ग्यारेजका सञ्चालक विवेक ईवाहाङलाई पहिलो पान दर्ता  प्रदान गरिएको छ । 

स्थायी लेखा नम्बरको सेवा स्थानीय स्तरमै सुरु भएपछि सेवाग्राहीले जिल्ला सदरमुकाम वा अन्य स्थान धाउनुपर्ने वाध्यता हट्ने  गाउँपालिकाले अपेक्षा गरेको छ । यस सेवाले स्थानीय उद्यमशीलता प्रवर्द्धन गर्नुका साथै नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास रहेको गाउँपालिका अध्यक्ष  जितेन्द्र राईले बताएका छन्  ।