सुनसरी । बालिका इनिशा बिकको बलात्कारपछि हत्यामा संलग्न दोषीहरूलाई कारवाहीको माग गर्दै शुक्रबार इटहरीमा विरोध प्रर्दशन गरिएको छ । 

महिला हिंसा विरोधी सचेतनात्मक समुह तथा जेनजी युवाहरुको अगुवाईमा खबरदारी र्याली तथा प्रर्दशन गरिएको हो । इटहरीको मुख्य गोलो चौकमा प्ले कार्ड र ब्यानर सहित उनीहरुले प्रर्दशन गरेका थिए ।  

ryali  (2) 2

उनीहरुले घटनका दोषीलाई कडा सजाय र पिडितलाई तुुरुन्त न्याय दिन माग गरेका थिए । स्वतस्फुर्त आएका युवाहरुले खबरदारी र्याली पछि साँझ इटहरीमा मृतक बालिका इनिशाको आत्मको चिरशान्तिको कामना गर्दै दिप प्रज्जवल गरेका छन् । इटहरीको मुख्य गोलो चौकमा मैनवत्ति बालेर मृतक इनिशा प्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।  

सुर्खेतको गुर्भाकोट नगरपालिका–६ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१ मा बस्ने १६ वर्षीय बालिका इनिशा विकको बलात्कारपछि हत्या  गरिएको थियो ।  सो घटनाको विषयमा इनिशाको परिवारले निष्पक्ष छानबिनको माग गरेका छन्  ।