विराटनगर । विराटनगर महानगरपालिकामा पछिल्लो समयमा खुलेका गीत–गजल, डान्स बार तथा स्पा सेन्टरहरूको अनुगमन र नियमनमा कडाइ गरेको छ ।   
कोशी प्रदेशको राजधानी विराटनगरमा पछिल्ला वर्षहरूमा मनोरञ्जन व्यवसायहरू तीव्र गतिमा बढिरहेका छन्।  भारतीय ग्राहकहरूलाई लक्षित गरी खोलिएका गीत–गजल रेस्टुरेन्ट, डान्स बार र स्पा सेन्टरहरूको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ। तर, यी व्यवसायहरू मध्ये धेरैजसो महानगरमा दर्ता बिना नै सञ्चालन भइरहेका थिए। महानगरले नियमनमा कडाइ गरेपछि यो व्यवसायले गुणस्तरमा सुधार ल्याएका छन् । निरन्तरको नियमनपछि यस्ता व्यवसाय दर्ता प्रक्रियामा समेत आउन थालेका छन् । 
गीत गजल दोहोरी रेस्टुरेन्टबाट आउने चर्को ध्वानी प्रदूषणका कारण समस्या भएको भन्दै यस्ता व्यवसाय सञ्चालनमा रहेका स्थल आसपासका बासिन्दाले महानरमा उजुरी समेत परेको थियो । उजुरी परेपछि महानगरले अनुगमनमा कडाइ गरेको हो । महानगरले यस्ता व्यवसायको अनुगमन गर्न छुट्टै समिति बनाएका छ । गीत गजल र दोहोरी रेस्टुरेन्टबाट निस्कने ध्वानी  प्रदूषण, ट्राफिक जाम र अन्य समस्याहरूबारे बारम्बार गुनासो आएपछि अनुगमनमा कडाइ गरिएको विराटनगर महानगरका उप प्रमुख शिल्पा कार्कीले बताइन् ।  
रातिको समयमा सञ्चालन हुने यी व्यवसायहरूले आसपासका क्षेत्रमा ध्वनि प्रदूषण र ट्राफिक जामको समस्या सिर्जना गरेका थिए। साथै, अधिकांश व्यवसायहरू बिना दर्ता सञ्चालन हुँदा महानगरको राजस्व समेत गुमिरहेको थियो। कार्कीले भनिन्, अनुगमनमा कडाइ गरेपछि अहिले यस्ता अधिकांश व्यवसाय महानगरमा दर्ता भएका छन् । उनले  महानगरले व्यवसायहरूलाई औपचारिक दर्ता, नियमित कर तिर्न र तोकिएका मापदण्डहरू पालना गर्न प्रोत्साहित गरेको बताइन् ।
यस्ता व्यवसायको  निरन्तर अनुगमन र जनचेतना बढाउने काम गरिरहेका विराटनगर महानगरपालिकाका नगर प्रहरी प्रमुख राजन पौडेलले बताए। महानगरले पौडेलेको संयोजकत्वमा अनुगमन समिति बनाएको छ । उनले भने,‘हाम्रो उद्देश्य मनोरञ्जन व्यवसायलाई निषेध गर्ने होइन, बरु त्यसलाई व्यवस्थित र कानुनी दायरामा ल्याउने हो।’
यो अभियानको परिणामस्वरूप अहिले धेरै व्यवसायहरू औपचारिक रूपमा दर्ता भएको उनले बताए । 
पौडेलका अनुसार यस्ता व्यवसायीहरूले महानगरले निर्धारण गरेका मापदण्डहरू पालना गर्न थालेका छन्। उनले भने, ‘ डान्स बार र गीत९गजल रेस्टुरेन्टहरूले आफ्नै पार्किङ स्थल निर्माण गरेका छन् र ध्वनि प्रदूषण नियन्त्रणका लागि आवश्यक भौतिक पूर्वाधार बनाएका छन्।’

हामीले व्यवसायीहरूलाई प्रोत्साहन गर्न र उनीहरूलाई नियम पालनामा सहजीकरण गर्न विभिन्न कदमहरू चालेका छौँ,ू विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा कार्कीले बताइन्। आगामी दिनमा व्यवसायीहरूलाई मापदण्ड पालना गर्नका लागि प्रशिक्षण र तालिमको व्यवस्था गर्दैछौं।
महानगरपालिकाले कर शिक्षा कार्यक्रम मार्फत व्यवसायीहरूलाई करको दायरामा ल्याउने अभियान पनि चलाएको छ। यसले एकातिर महानगरको राजस्वमा वृद्धि गर्ने र अर्कोतिर व्यवसायहरूलाई औपचारिक क्षेत्रमा ल्याउन मद्दत गर्ने अपेक्षा गरिएको छ।
 कोशी प्रदेशको राजधानी विराटनगर जस्तो सहरमा मनोरञ्जन व्यवसायहरूको विकास स्वाभाविक छ। तर, यी व्यवसायहरूलाई व्यवस्थित र नियमित गर्न सकिएमा मात्रै समाज र अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने देखिन्छ।
यस पहलले नागरिक र व्यवसायी दुवैलाई फाइदा पुग्ने महानगरको विश्वास छ। स्थानीय बासिन्दाहरूले ध्वनि प्रदूषण र ट्राफिक जामजस्ता समस्याबाट राहत पाउने छन् भने व्यवसायीहरूले औपचारिक क्षेत्रमा काम गरेर थप अवसरहरू प्राप्त गर्न सक्नेछन्।महानगरपालिकाले यस अभियानलाई निरन्तरता दिने र भविष्यमा अझ प्रभावकारी बनाउने योजना बनाएको छ।