सुनसरी - जिल्ला अस्पताल इनरुवाका मेडिकल सुपरिटेन्डेन्ट डा.सन्तोष राई माथि हातपात भएको छ । 
एउटा बिरामीको रिपोर्टमा अर्को बिरामीको औषधी सिफारिस गरेको भन्दै इनरुवा ६ का खेमराज थापाले शनिवार साँझ डा. राईमाथि हातपात गरेको प्रहरीले जनाएको छ । 
थापालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार जानकारी दिए । आफ्नी आमाको उपचारका लागि अस्पताल लिएर गएका थापाले चिकित्सकले गम्भीर लापर्वाही गरेकाले मेसु राईमाथि हातपात गरेको प्रहरी उपरीक्षक तिम्सिनाले बताए । 
थापाकी आमाको ब्लड रिपोर्टमा किड्नी फेल भएका अर्का बिरामीको रिपोर्टको आधारमा मेसु राईले औषधी सिफारिस गरिदिएको र उक्त रिपोर्ट अर्को चिकित्सकलाई देखाउँदा गम्भीर त्रुटि भेटिएको थापा पक्षको दाबी छ । 
बिरामीको नाम र रिपोर्ट राम्ररी नहेरी गलत औषधी सिफारिस गरेर बिरामीको स्वास्थ्यमा गम्भीर लापर्वाही गरेको भन्दै मेसु राईमाथि कुटपिट गरेको प्रहरीलाई थापाले बताएको प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिए । 
घटनाका विषयमा मेसु राईमाथि बारम्बार सम्पर्क गरिए पनि उनी सम्पर्कमा आएनन् ।
                 
                     
                            
                                                             
        





 
        










