विराटनगर । कोशी कोभिड अस्पतालका नामा चौथो पटक नामसम्म फेरिएर शैलजा आचार्य हृदय रोग केन्द्र बनाउन अहिले काम भइरहेको छ । कोशी कोभिड अस्पताललाई विभिन्न समयमा नाम परिवर्तन गर्दै अहिले शैलजा आचार्य हृदय रोग केन्द्र बनाइएको हो ।  त्यसको उद्घाटन आज गर्ने तयारी छ ।  जनशक्ति नै नभई सुरु हुन लागेको हृदय रोग केन्द्रको विषयमा अहिले विभिन्न टीकाटिप्पणीहरू भइरहेका छन् ।   कोभिडको समयमा उपचार नपाएर नागरिकले अकालमा मृत्युवरण गर्नु नपरोस् भनेर बनाइएको अस्पताल कोभिडको सङ्क्रमण घट्दै जाँदा पछि प्रसूति गृह बनाउने भनिएको थियो । 
त्यस लगत्तै संक्रमक रोग तथा सघन उपचार केन्द्र नाम परिवर्तन गरियो ।  तत्काल आउन सक्ने जोखिमलाई  आधार मानेर संक्रमक रोग तथा सघन उपचार केन्द्र बनाइएकोमा त्यो नाम अहिले परिवर्तन गरेर हृदय रोग केन्द्र बनाइएको भन्ने जानकारीमा आएको पूर्व स्वास्थ्य मन्त्री जयराम यादवले बताए ।  ‘नाम जे जे राखेपछि हुन्छ उनले भने, तर त्यहाँ भित्र रहेका उपकरणहरूलाई पूर्ण सञ्चालन गर्ने गरी सरकारकाले काम गर्न सक्नुपर्छ ।’ 
उनले आफ्नो कार्यकालमा संक्रमक रोग तथा सघन उपचार केन्द्रका लागि ओएनएम सर्वे गरेर अर्थ मन्त्रालयमा पठाइएको खुलासा गरे ।  ‘यसमा भएका उपकरणहरूलाई जुनमा बढी मात्रामा प्रयोग गर्न सकिन्थ्यो त्यही खालको उपचार चलाउनु पर्थ्यो, यादवले भने, कुन खालको उपचार सुरु गर्दा यहाँ रहेका उपकरणहरू प्रयोगमा ल्याउन सकिन्छ ।’  
कोशी कोभिड अस्पताल निर्माणकोेलागि राज्यले तत्काल सम्बोधन गर्न नसक्ने अवस्थामा नागरिक तहबाट समेत यो अस्पतालमा करोडौँ लगानी भएको छ।  नागरिक तहबाट नागरिक केयर सेन्टरको नामले यो अस्पताल निर्माणमा सबै क्षेत्रको समान सहभागिता रहेको थियो  । 
नागरिक केयर सेन्टरका अध्यक्षको जिम्मेवारी पाएर समन्वयको काम गरेका विराटनगरका उद्योगी पवनकुमार सारडाले नागरिकले लगानी गरेको अस्पतालमा मुख्यमन्त्री केदार कार्कीले मनपरी गरेको आरोप लगाए । 
एक पटक छलफल समेत नगरी अहिले आएर त्यति धेरै उपकरण रहेको अस्पताललाई हृदय रोग केन्द्र बनाउने भनेर हतारको निर्णय गरेको सारडाको आरोप छ । 
7f436230-41cf-4c77-bf02-50c89979b932
कोभिडको समयमा कतै सामान नपाएको अवस्थामा अरू अस्पतालमा रहेका सामानहरू समेत ल्याएर २ सय बेडको कोभिड अस्पताल बनाइएकोमा अहिले आएर हतारको निर्णयले त्यहाँ रहेका सामानहरू बर्वाद पार्ने काम सरकारबाट भएको उनको भनाई छ। 

‘हरेक २ । २ महिनामा नाम फेरिरहने तर कामै नहुने खालको प्रवृत्ति हटाउन हामीले मुख्यमन्त्री ज्युलाई पटक पटक ध्यानाकर्षण गरेका थियौँ, सारडाले भने, आधामा तत्काल आई पर्ने जोखिमलाई ध्यानमा राखेर तयारी बेडहरू राख्ने र आधा भागलाई छुट्याएर ड्याबिटिज सेन्टर या हृदय रोग केन्द्र या अरू कुनै उपचार गर्ने केन्द्र बनाऊँ भनेर हामीले भन्दा पनि मुख्यमन्त्री ज्युबाट बेवास्ता गरिएको छ।’
6a665075-4bb6-4bad-b98f-59ea135ac2e2
यो विशेष अवस्थाको अस्पताल भएको कारण यहाँ रहेका उपकरणहरू असाध्यै महँगा रहेकोले त्यसलाई थन्क्याएर राख्न नहुने उनको भनाई छ । ‘कुनै समस्या आउने अबस्थाकोलागि यो अस्पताललाई इमरजेन्सीको रूपमा राख्नु पर्थ्यो, उनले भने, ४० दिनमा दिन रात हामी खटेर यो अस्पताल बनाएका हौँ, नागरिक केयर सेन्टरको भूमिकालाई प्रदेश सरकारले बुझ्नै सकेन ।’ 

मुख्यमन्त्री केदार कार्कीले सस्तो लोकप्रियता कोलागि हृदय रोग केन्द्र बनाउने हतारको निर्णय भएको उनको टिप्पणी छ । ‘कोशी कोभिड अस्पताललाई काठमाडौँको मेलम्ची जस्तै गरिएको छ, सारडाले भने, सरकार फेरिएपिच्छे अस्पताल भित्र राजनीति गर्नु पर्ने र नाम फेर्नु पर्छ भन्ने देखियो ।’

हृदय रोग केन्द्र सञ्चालनको तयारी भइरहँदा कोशी प्रदेशमा यसको दक्ष जनशक्तिको बारेमा समेत अध्ययन नै नभएको पाइएको छ । एक जना मुटु रोग विशेषज्ञ कोशी अस्पतालमा रहेकोले तत्काल उनैबाट केन्द्रमा सेवा दिने भनिएको छ ।

यसको उपचार असाध्यै महँगो र गम्भीर खालको भएकोले यो नाम राख्नकोलागि मात्र हतारो हुँदा अस्पताललाई दीर्घकालीन रूपमा यसको टिकाउमा नै प्रश्न उब्जिएको विज्ञहरू नै बताउँछन् ।  काठमाडौँबाट विशेषज्ञ झिकाएर उपचार गराउने भनिए पनि त्यो सम्भव नभएको मन्त्रालय श्रोतको दाबी छ ।