इटहरी । शनिबार राती खण्डग्रास चन्द्रग्रहण लागेको छ । चन्द्रग्रहणलाई नेपालबाट पनि देखिएको छ । खण्डग्रास ग्रहण शनिबार राति १ बजेर २० मिनेटबाट सुरु भएको थियो भने राति २ बजेर ३८ मिनेटमा सकिएको थियो । 

मध्यरातमा लागेको चन्द्र ग्रहणका विभिन्न स्वरुप देखिएको थियो । 

Moon_1

ग्रहण नेपालसहित युरोप, अफ्रिका र एसियाको पूरै भूभागबाट र अस्ट्रेलिया तथा उत्तर र दक्षिण अमेरिकाको केही स्थानबाट देखिएको बताइएको छ । 

Moon_2


Moon _3 1

पृथ्वीले सूर्यलाई परिक्रमा गरिरहँदा चन्द्रमाले पनि पृथ्वीलाई परिक्रमा गरिरहेको हुन्छ । यस क्रममा पृथ्वी जब सूर्य र चन्द्रमाको बीचमा पुग्दा पृथ्वीको छाया चन्द्रमामा परेपछि चन्द्रमाको आफ्नो प्रकाश नभएका कारण पृथ्वीको उक्त छायाले चन्द्रमा छेकिन्छ, जसलाई चन्द्रग्रहण भनिन्छ ।

Moon_4 1


Moon _5 1