इटहरी । । ६१ औँ रेडक्रस दिवसको अवसर पारेर सरस्वती मा.विमा भएको रक्तदान कार्यक्रममा ५८ प्रिन्ट रगत संकलन भएको छ । 

रेडक्रस दिवसको अवसरमा रेडक्रस उपशाखा इटहरी र नेपाल जुनियर तथा युवा रेडक्रस सर्कल सरस्वती मा.विले संयुक्त रुपमा रक्तदान कार्यक्रम आयोजना गरेका हुन । 

कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा अन्य सर्वसाधरणहरुले पनि रक्तदान गरेका थिए । 

 इटहरी ३ का वडाध्यक्ष उमेश सुवेदी प्रमुख अतिथि रहेको कार्यक्रम रेडक्रस इटहरी सभापति दिनेश भट्टराईको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

 कार्यक्रममा जुनियर रेडक्रस सर्कल सरस्वती माविका अध्यक्ष खगेन्द्र विश्वकर्माले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए । कार्यक्रम चिन्तामणी कार्कीको संयोजकत्वमा सम्पन्न भएको हो ।