सुनसरी । सरकारले ल्याउन लागेको शिक्षा विधेयकको केही प्रावधान सच्याउनुपर्ने माग सहित सुनसरीका निजी विद्यालय सञ्चालकहरूले साउन २८ गते देखी पठन पाठन बन्द गर्ने घोषणा गरेका छन् ।
निजी विद्यालय सञ्चालकहरूको संस्था प्याब्सन, नेसनल प्याब्सन र हिसान सुनसरीले संयुक्त रूपमा इटहरीमा बिहीबार पत्रकार सम्मेलन गरी सरकारले ल्याउन लागेको शिक्षा विधेयकको केही प्रावधानहरू सच्याएर मात्र ल्याउनुपर्ने माग राखेका हुन् । 
hisan3
सरकारले माग सुनवाइ नगरी प्रस्तावित विद्यालय शिक्षा विधेयक ल्याए केन्द्रीय कार्यक्रम अनुसार विद्यालय बन्द गरेर चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् । सरकारले ल्याउन लागेको उक्त विद्यालय शिक्षा विधेयकमा निजी विद्यालय ५ वर्षभित्र गैर नाफामूलक शैक्षिक गुठीमा जानुपर्ने प्रावधान निजी विद्यालय विरोधी भएको हिसान सुनसरी अध्यक्ष सागर भटराईले बताए ।
hissan1
गत साता मन्त्रिपरिषद्ले पास गरेर संसदमा दर्ता प्रक्रियामा रहेको विधेयकमा हाल सञ्चालनमा रहेका निजी विद्यालय ५ वर्षभित्र निजी वा सार्वजनिक गुठी रूपान्तरण हुनुपर्ने व्यवस्था गरिएको छन् । नयाँ निजी लगानीका विद्यालय पनि सेवामूलक उद्देश्यले शैक्षिक गुठीबाट मात्रै स्थापना गर्न पाइने विधेयकमा उल्लेख छ । उक्त विधेयकका यी व्यवस्था सरकारले सच्याउनुपर्ने आफूहरूको माग रहेको प्याब्सन कोसी प्रदेश उपाध्यक्ष सुमित थापाले बताए ।
hisan2विधेयकको व्यवस्था परिवर्तन नभए अनिश्चितकालीन विद्यालय बन्दसम्मको अप्रिय आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुनुपरेको हिसानका केन्द्रीय सदस्य मुकुन्द घिमिरेले बताए ।