विराटनगर । मोरङको बुढिगंगा गाउँपालिकाले गत आर्थिक वर्षमा ५ करोड बढी राजश्व सङ्कलन गरेको छ। गाउँपालिकाले गत आर्थिक वर्ष २०७९/०८० मा ५ करोड २१ लाख ६७ हजार १५८ रुपैयाँ राजश्व सङ्कलन गरेको हो । गाउँपालिकाले सबै भन्दा धेरै सम्पति करमा १ करोड ४७ लाख १६ हजार ७३९ सङ्कलन भएको गाउँपालिकाले जनाएको छ। त्यस्तै घरजग्गा बहाल करमा १ करोड ५ लाख ११ हजार २६३ रुपैयाँ सङ्कलन हुँदा नक्सा पास दस्तुरमा ५६ लाख एक हजार ५८७ आन्तरिक आय सङ्कलन भएको गाउँपालिकाका उपप्रमुख अमृताकुमार गच्छदारले जानकारी दिइन् । भुमिकर मालपोत तर्फ २१ लाख ७० हजार ३२६, न्यायिक दस्तुर १६ हजार ६ सय, सिफारिस दस्तुर ५६ लाख १ हजार ५८७, व्यक्तिगत घटना दर्ता दस्तुरमा २ लाख ५९ हजार ४ सय रुपैयाँ
सङ्कलन
भएको राजश्व परामर्श समितिको संयोजक समेत रहेकी गच्छदारले बताइन् । नाता प्रमाणित दस्तुर ३ लाख १५ हजार ६ सय, अन्य दस्तुर ६७ लाख ९८ हजार ७८७, व्यवसाय रजिस्ट्रेसन दस्तुर ८१ लाख १२ हजार ११३, र अन्य राजश्वबाट १ लाख ६७ हजार राजश्व सङ्कलन भएको उनले जानकारी दिइन् । 
