इटहरी । इटहरी ४मा रहेको सेकेण्डरी स्कुलमा उपमहानगरले ताला लगाएको छ । सोमबार विद्यार्थी मृत फेला परेपछि अनुगमनका पुगेको मेयर हेमकर्ण पौडेल सहितको अनुगमन टोलीले होस्टलमा ताला लगाईदिएको हो । 

सोमबार बेलबारीका जेनिस श्रेष्ठ मृत फेला परेका थिए । उनको के कारणले मृत्यु भएको हो त्यो खुल्न सकेको छैन । 

उपमहानगरका मेयर हेमकर्ण पौडेल,उपमेयर संगिता चौधरी,प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहेता सहितको टोली होस्टलको अनुगमनका लागि पुगेको थियो । 

अनुगनका क्रममा अत्यन्तै लापरवाही ढंगबाट मापदण्ड विपरित सञ्चालन गरेको पाईएको प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहताले जानकारी दिए । 

‘मापदण्ड विपरित पनि के भन्ने, हेर्दै जेल जस्तो अवस्था छ, विद्यार्थी बस्छन्’ प्रशासकिय अधिकृत मेहताले भने ‘त्यसैले ताला लगाएका हौँ ।’ अनुगमनका पुगेको टोलीले अन्य नीजि विद्यालयका होस्टलहरुको पनि अनुगमन गरेको छ ।

 आज नीजिका ४ र एक सामुदायीक विद्यालयको होस्टलको अनुगमन गरेका छौँ प्रमुख प्रशाकिय अधिकृत मेहताले भने सामुदायीक विद्यालयको बाहेक अन्य सबै होस्टलको अवस्था उस्तै छ । इटहरीको पिसजोन आवासिय मा.वि.,ग्रिन पिस एकेडेमी, मोडन प्रिपेटरी र सहित स्मृति आवसिय मा.वि.को होस्टल अनुगमन गरेको थियो । 

अनुगमनमा मापदण्ड भन्दा बाहिर गएर सञ्चालन गरेका होस्टलहरु बन्द गराउने मेहताले बताए । अनुगमनलाई निरन्तरता दिँदै सबै होस्टलहरुको अनुगमन गर्ने उनले बताए । 

उपमहागरले अब भएको मापदण्डलाई थप परिमार्जन उमेर समुह, अवस्था सबै विषय स्पष्ट गरेपछि मात्रै होस्टल सञ्चालन गर्न दिने पनि बताए ।