इटहरी । इटहरी उपमहानगरपालिकाले व्यवस्थापकीय तथा शैक्षिक सुधारमा उत्कृष्ठ कार्य गरेको भन्दै तीन सामुदायीक विद्यालयलाई प्रोत्साहन अनुदान दिने भएको छ । 

उत्कृष्ठ कार्य सम्पादन गरेको भन्दै इटहरी उपमहानगरपालिकाले जनता मा.वि, राष्ट्रिय मा.वि. र सरस्वती मा.विलाई अनुदान प्रदान गरेको हो । 

उनीहरुलाई जनही पाँच लाख प्रदान गरिने उपमहानगरले जनाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र (विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा)ले नतिजाका आधारमा प्रोत्साहन अनुदान वापत पाँच लाख रुपैयाँ दिने भएको हो ।

विभिन्न शीर्षकमा विद्यालयले पाएको अंकहरूको तुलना गरी सबैभन्दा बढी अंक पाउने तीन विद्यालयले अनुदान पाएका हुन् ।