इटहरी । इटहरी ४ स्थित सेकेण्डारी स्कुलको होस्टलमा एक विद्यार्थी मृत फेला परेका छन् । मोरङको बेलबारी स्थायी घर भई स्कुलको होस्टलमा बस्दै आएका १४ बर्षीय जेनिश श्रेष्ठ सोमबार मृत फेला परेका हुन । 

कक्षा ८ मा अध्ययरत जेनिस विहान लडीरहेको देखेपछि प्रहरीलाई खवर गरिएको थियो । उनको मृत्यु के कारण भयो भन्ने खुलेको छैन । राती खाना खाएर साथीहरुसँगै सुतेका उनी राती पिसाब फेर्न उठेको, त्यसपछि फर्किएर सुतेको सिसिटिभी फुटेजमा देखिएको छ । सँगै सुतेका साथीहरुले समेत केही थाहा नभएको बताएका छन् । 

बिहान साथीहरुले बोलाउँदा कुनै प्रतिक्रिया नदिएपछि क्याप्टेन, प्रिन्सिपल लगायतलाई बोलाइएको थियो । 

मुखबाट फिँज आएको र शरिर निलो भएको देखिए पनि स्पष्ट कारण भने खुलेको छैन । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण थाहा हुने इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।