इटहरी । इटहरीको बेबिलोन सगरमाथा कलेजले सिपमा आधारीत शिक्षण पद्दतिबाट पढाई सञ्चालन गर्ने भएको छ । यस बर्षको नयाँ शैक्षिक सत्र बाट विद्यार्थीको सिपमा आधारीत कक्षा सञ्चालन गर्ने जनाएको छ । 

कक्षा ११को भर्ना अभियानमा प्राय कलेजहरुले नियमित शिक्षा वा प्राविधिक शिक्षा भनिरहेका छन् । प्राविधिक र नियमित शिक्षा भन्दै गरिएको विभाजनले विद्यार्थीमा अन्यौलता ल्याएको छ ।

कस्तो शिक्षा लिने ? प्राविधिक शिक्षा लिने की नियमित शिक्षा लिने ? भन्ने विद्यार्थीमा अन्यौल देखीएको छ ।

 तर बेबिलोन सगरमाथा कलेजले दुवै शिक्षण पद्दती समावेश गर्दै विद्यार्थीको सिप र रुचि अनुसारको शिक्षण सिकाई सञ्चालन गर्ने जनाएको छ । 

कक्षा ११ मा विज्ञान, व्यवस्थापन, मानविकी संकायमा नयाँ भर्ना भएका विद्यार्थीको रुचि र क्षमता अनुसार थप कक्षा सञ्चालन गर्नेछ । विद्यार्थीमा भएको सिपलाई निर्खादै दक्ष बनाउने कलेजको भनाई छ । 

सिपमा आधारीत शिक्षण पद्दति नै अबको आश्यकता भएको बेबिलोन सगरमाथा कलेजका सिईओ मुक्तिनाथ दाहाल बनाउँछन् ।  

विज्ञान, व्यवस्थापन, मानविकी जुनसुकै विषय लिएर पढाई सुरु गरे पनि विद्यार्थीको व्यक्तिगत योग्यता र क्षमतालाई पहिचान गरी सो क्षमतालाई पनि सँगसँगै विकास गर्दै लैजाने सिईओ दाहाल बताउँछन् ।

कक्षा ११ मा विज्ञान, व्यवस्थापन, मानविकी कक्षा सञ्चालन गर्दै आएको कलेजले नयाँ भर्ना भएका विद्यार्थीको रुचि र सिप अनुसार थप कक्षा सञ्चालन गर्नेछ ।  

हरेक विद्यार्थीको योग्यता, क्षमता, रुचि फरक हुन्छ । उनीहरुको यो क्षमतालाई पनि सँगसँगै विकास गराउँदै दक्ष बनाउने बनाउने काम बेबिलोनले गर्ने सिईयो दाहाल बताउँछन् । 

यसका लागि कलेजले विद्यर्थीको रुचि अनुसारको कक्षा सञ्चालन गर्नेछ । विद्यार्थीहरुमा गितसंगित, नृत्य, खेलकुद, होटल, व्युटिपार्लरमा रुचि हुन सक्छ । 

त्यसमा उनीहरुको लगाव धेरै हुन्छ । तर परिवारले सोही क्षेत्रमा पढ्ने अनुमति नदिन पनि सक्छन् । तर कलेजले नियमित पढाईसँगै उनीहरुको क्षमतामा निखार ल्याउने र दक्ष बनाउने काम गर्नेछ ।

IMG-20230710-WA0002

दक्ष शिक्षक मार्फत विद्यार्थीको क्षमतामा निखारपन ल्याउने र कलेजबाट निस्कदा नियमित पढाईसँगै रुचिको विषयमा पनि दक्ष भएर निस्कने कलेजका सिईओ दाहाल बताउँछन् । 

यस किसिमको शिक्षण सिकाई पहिलो पटक बेबिलोनले सञ्चालनमा ल्याउन लागेको उनको भनाई । कक्षा ११ र १२ पढाई सकिएर उच्च शिक्षा अध्ययनका लागि पनि विद्यार्थीलाई थप सजिलो हुने दाहालको भनाई छ । 

व्यवस्थित भवन कक्षाकोठा, प्रविधिमैत्री डिजिटल बोर्ड, प्रोजेक्टरबाट पढाई हुने, प्रयाप्त पाठ्यपुस्तक भएको पुस्तकालय,आधुनिक साईन्स ल्याब सहित विद्यार्थीका लागि चाहिने सबै सुविधाहरु उपलब्ध रहेका छन् । 

नयाँ व्यवस्थापन, नयाँ सोच 

IMG-20230710-WA0006

बेबिलोन सगरमाथा कलेज अहिले नयाँ व्यवस्थापनले लिएर सञ्चालन गरिरहेको छ । विशेष गरी शैक्षिक क्षेत्रमा लामो समय योगदान दिएका, शैक्षिक क्षेत्रमा काम गरेका बौद्धिक तथा शैक्षिक व्यक्तित्वहरुको समुहले अहिले कलेज सञ्चालन गरिरहेको छ । 

आ आफ्नो क्षेत्रमा लामो समय काम गरेको अनुभवका आधारमा नयाँ सोच, नयाँ जोस जाँगरका साथ कलेज सञ्चालनमा रहेको कलेजका सिईओ दाहालले जानकारी दिए । 

सबै आ आफ्नो विषयगत क्षेत्रमा दक्ष र योग्य बौद्धिक व्यक्तिहरु हुनुहुन्छ सिईओ दाहालले भने उहाँहरुले अनुभव र क्षमतालाई कलेजमा लगाउने योजना छ ।