इटहरी । उत्कृष्ठ सामुदायिक विद्यालयको रुपमा स्थापित इटहरीको जनता मा.विले पहिलो पटक कानुन समुहमा पठनपाठन सुरु गर्ने भएको छ । सामुदायिक विद्यालयहरु मध्ये पहिलो पटक जनता मा.विले कानुन विषयमा पठनपाठन सुरु गर्न लागेको हो । 

पछिल्लो समय कानुनका विषयमा विद्यार्थीको माग बढेका कारण विद्यालयले पठनपाठन सुरु गर्न लागेको विद्यालयका प्रधानाध्यापक पशुपति सिग्देलले जानकारी दिए ।

 विद्यालय तहमा त्यसमा पनि सामुदायिक विद्यालयमा कानुन विषयमा पढाई भएको थिएन । प्रधानाध्यपक सिग्देलले भने ‘ विद्यार्थीको मागको आधारमा पहिलो पटक हामीले पठनपाठन सुरु गर्न लागेका हौँ ।’

एसईईको नतिजा सार्वजनिक भएसँगै खुलाईएको कक्षा ११ को भर्नामा कानुन समुहमा विद्यार्थीको राम्रो आकर्षण देखिएको छ । 

 पछिल्लो समय सामाजिक,आर्थिक र राजनितिक क्षेत्रमा कानुनका बारेमा माग बढेको, सरकारी सेवामा गएर सेवा गर्न सकिने, आफुले स्वतन्त्र रुपले काम गर्ने अवस्था पनि भएकाले कानुन प्रति विद्यार्थीहरुको आकर्षण देखिएको प्रधानाध्यापक सिग्देलको भनाई छ । 

विज्ञान, व्यवस्थापन र मानविकीमा पनि उत्तिकै आकर्षण 

janata _ school 1

छोटो समयमा शैक्षिक गुणस्तरमा गरेको सुधारकै कारण विद्यालय प्रति विद्यार्थीको आकर्षण बढेको छ । विज्ञान, व्यवस्थापन र मानविकी संकाय पढ्न नीजि विद्यालय रोज्ने विद्यार्थीहरु अहिले जनता मा.वि रोज्न थालेका छन् । 

विद्यालयले कक्षा ११ मा नयाँ भर्ना खुलाएसँगै अभिभावक र विद्याथीहरुको भीड लागेको छ । 

विद्यालयले पूर्वाधार र शैक्षिक गुणस्तरमा विशेष ध्यान दिएको प्रधानाध्यापक पशुपति सिग्देलको भनाई छ ।  

पढाईको गुणस्तरमा भएको सुधार, उत्कृष्ठ नतिजा प्राप्त हुन थालेपछि नीजि क्षेत्रमा भर्ना गर्न जाने विद्यार्थीहरु पनि जनता मा.विमा आउने गरेको प्रधानाध्यापक सिग्देल बताउँछन् ।

 विद्यार्थीको चाप बढि हुन थालेपछि इन्ट्रान्स परिक्षा लिएर मात्रै भर्ना गर्ने गरेको सिग्देलले बताए । 

नयाँ भवन निर्माण भएपछि व्यवस्थित कक्षाकोठा, प्रविधिमैत्री डिजिटल बोर्डमा पढाई हुने, प्रयाप्त पुस्तक भएको पुस्तकालय,आधुनिक ल्याब सहित सबै सुविधाहरु विद्यार्थीले उपभोग गर्न पाउँछन् । 

पढाईको गुणस्तरलाई ध्यानमा दिँदै विद्यालयले अंग्रेजी र नेपाली माध्यममा पढाउने छुट्टा छुट्टै दुई ब्लकहरु तयार गरिएको छ । अंग्रेजी र नेपाली दुवै माध्यममा अब्बल शिक्षकले पढाउने गरेका छन् । 

टाढाबाट आउने विद्यार्थीको सुविधाका लागि अहिले बस सुविधा पनि थप गरिएको छ । विद्यालयमा हाल ३ वटा स्कुल बसले टाढाबाट आउने विद्यार्थीलाई घर सम्म पुर्याउने व्यवस्था मिलाएको छ । 

एसईईको नतिजामा पनि उत्कृष्ठ 

janata _school 2

पछिल्ला बर्षहरुमा विद्यालयले एसईईको परिक्षामा पनि राम्रो ग्रेडका साथ विद्यार्थी उतिर्ण गराउँदै आएको छ । 

यसपालीको एसईई परीक्षामा सहभागि २९९ विद्यार्थीमध्ये ११ जनाले ९० प्रतिशत भन्दा धेरै, ७२ जनाले ८० देखि ९० प्रतिशत, ९२ जनाले ७० देखि ८० प्रतिशत, ७७ जनाले ६० देखि ७० प्रतिशत र बाँकी सबैले ५० प्रतिशत भन्दा माथि अंक ल्याएका छन् । 

प्राप्त भएको राम्रो नतिजाले पनि विद्यालयको शैक्षिक गुणस्तरमा भएको सुधारको सबैले अनुभव गर्न सकेका छन् । 

राम्रो नतिजाले उत्साहित बनेको विद्यालयले यस पटक देखी नयाँ कानुन समुह पनि थप गरेको छ । विज्ञान,व्यवस्थापन, मानविकी संकायमा  पढाई हुँदै आएकोमा यस बर्षबाट कानुन विषय पनि थप गरी अझ वृहत योजनाका साथ काम गर्ने प्रधानाध्यापक पशुपति सिग्देलको भनाई छ । 

विद्यार्थी, अभिभावक र सरकारको साथ, सहयोग प्राप्त भए देशकै नमुना विद्यालय बनाउने उनले बताए । 

janata _School